- Loading...
सिर्जनशिल पत्रकारिता पुरस्कार गौतमलाई
- पुनहिल डट कम
- ३ साल अघि
- ३५२ पटक पढिएको

आदर्श सञ्चार सहकारी बागलुङ यसवर्षको सिर्जनशिल पत्रकारिता पुरस्कार पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमलाई प्रदान गरेकाे छ ।
सोमबार सहकारीको १५ औं साधारणसभाका अवसरमा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले गौतमलाई पुरस्कार प्रदान गरे । परोपकारी पत्रकारितामा गौतम पुरस्कृत भएका हुन् । निरन्तर सिर्जनशिल पत्रकारितामा सक्रिय रहने साविकको धौलागिरी अञ्चलका चार जिल्लाका पत्रकारहरुमध्ये हरेक वर्ष एकजनालाई पुरस्कृत गर्ने गरिएको संस्थापक सिर्जना पन्तले बताइन् ।
धौलागिरीका क्रियाशिल र सिर्जनशील पत्रकारलाई प्रदान गरिने सिर्जनशील पत्रकारिता पुरस्कार भने यसअघि सन्तोष थापा (पर्वत) दिल शिरीष (बागलुङ), सन्तोष गौतम (म्याग्दी), राम थापा, संगम घर्ति (बागलुङ) र सुन्दर कुमार थकाली (मुस्ताङ)लाई प्रदान गरिएको थियो ।
समाजमा बिद्यमान भड्किलो विवाहका बिरुद्ध पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले प्रगतिशिल विवाह गरेर समाजमा सकरात्मक सन्देश प्रवाह गर्दै आफ्नो विवाह खर्च कटाएर ५० हजार आदर्श सञ्चार सहकारीमा अक्षय कोष स्थापना गरेका थिए । उक्त कोषको ब्याजबाट आउने रकमबाट हरेक वर्ष धौलागिरीका क्रियाशील र सिर्जनशील पत्रकारलाई पुरस्कृत गरिदै आइएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
