- Loading...
नेप्से ११ महिनायताकै न्यून बिन्दुमा
- पुनहिल डट कम
- ३ साल अघि
- ३४६ पटक पढिएको

सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार ८८.७० अंक घटेर २ हजार ३ सय २१.२७ बिन्दुमा ओर्लिएको छ । यो करिब ११ महिनायताकै न्यून हो । यसअघि २०७७ माघ ७ मा नेप्से परिसूचक २ हजार ३ सय ६१.६९ बिन्दुमा थियो । त्यसपछि बढ्न थालेको नेप्से गत भदौमा करिब ३ हजार २ सयको उच्च बिन्दुमा पुगेको थियो । त्यहाँबाट फर्किन थालेको नेप्से आइतबार २४ सयभन्दा तल ओर्लिएको हो । उक्त दिन कारोबारमा आएका सबै उपसमूहको परिसूचक उच्च अंकले घटेपछि समग्र नेप्से भारी अंकमा घटेको हो ।
पछिल्ला दिनमा निरन्तर घटेको सेयर बजारमा आइतबार पनि भारी अंकको गिरावट आएको हो । बजारमा तरलता संकट बढिरहेको, सरकारी खर्च अपेक्षित रुपमा नभएकाले तत्काल सेयर बजार बढिहाल्ने अवस्था नरहेको जानकारहरू बताउँछन् । सेयर बजारमा नेप्से परिसूचकमा भारी गिरावट आएपछि कारोबार रकममा अघिल्लो दिनको तुलनामा केही सुधार भएको छ । आइतबार बजारमा ३ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
गत बिहीबार २ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बजार निरन्तर घट्न थालेपछि बैंक तथा वित्तीय संस्थाबाट लगानीकर्तालाई ‘मार्जिन कल’ आउन थालेको छ । न्यूनतम ‘मार्जिन’ कायम गर्नकै लागि पनि लगानीकर्ताले सेयर बाध्य भएर सेयर विक्री गर्न थालेका छन् । यसले बजारमा सेयरको बिक्री चाप बढाएको ब्रोकरहरूले बताएका छन् ।
परिसूचक घटेपछि सयेर बजारको आकार कुल बजार पुँजीकरण पनि घटेर ३३ खर्ब १९ अर्ब रुपैयाँ कायम भएको छ । गत बिहीबार कुल बजार पुँजीकरण ३४ खर्ब ४४ अर्ब रुपैयाँ थियो । सेयर बजारको लगानी अनुत्पादनक रहेको नेकपा (माओवादी केन्द्र) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । यसले पनि आइतबार सेयर बजार प्रभावित भएको रुपमा विश्लेषण गरिएको छ ।
शनिबार प्रदेशहरूको सम्मेलनको संयुक्त उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा दाहालले यस्तो धारणा राखेका हुन् । विगतमा पुँजीको लगानी उद्योगहरूमा हुन्थ्यो । त्यहाँबाट आएको नाफा पुँजीपति वर्गले लिने गर्थे । अहिले त्यसको संरचना परिवर्तन भएर सेयर बजार र अन्य सट्टाबाजी वित्तीय उपकरणहरूमा लगानी भइरहेको उनले बताए ।
‘तपाईं हामीलाई लाग्न सक्छ, धितोपत्र बजार, सट्टा बजार, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), विश्व बैंक, एसियाली विकास बैंकलगायत संघसंस्था पैसा यताउता गर्छन् । यथार्थमा त्यसो होइन । यी साम्राज्यवादका विकसित रूप हुन्,’ दाहालले भने, ‘तिनका उद्देश्य भनेकै वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाउने, विस्तार गर्ने र नाफा एकीकृत गर्ने र संसारका सीमिति पुँजीपतिका हातमा संसारकै धन एकीकृत गर्ने हो ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
