- Loading...
दैलोमै ब्यापारी, ग्राहकलाई सुविस्ता
- पुनहिल डट कम
- ३ साल अघि
- ४४८ पटक पढिएको

पसल अगाडी लामो खण्ड/खण्ड परेको भुई वाकसमा दैनिक उपभोग्य वस्तु राखेर ब्यपारी भित्र कुर्सिमा बसेको हुन्थ्यो । कम्मरको थरोमा झोलीमा पैसाको पोको घुसारेका ग्राहक थैलो वा डोको बोकेर गाउँबाट आवश्यक दैनिक उपभोग्य वस्तु किन्न बजारका ब्यापारीको दैलो चाहर्थे । चर्को मुल्य घटाई दिन ग्राहकले नम्रस्वरमा आग्रह गर्दा साहुजीले हुँदैन भन्दै हकार्थे, नभए अन्यत्र जाउ भन्थे, थर्काउँथे ।
तर अहिले परम्परागत ब्यापारको शैली फेरिएको छ । हिजोआज ब्यापारी गाउँवस्तीमा ग्राहक खोज्दै घरदैलो पुग्न थालेका छन । गाउँवस्तीमै सडक पुगेपछि परम्परागत ब्यापार प्रचलन फेरिएको हो । केही वर्ष अघिसम्म गाउँका ग्राहक ब्यापारी खोज्दै शहर झर्थे, अहिले गाडीमा सामान बोकेका ब्यापारी ग्राहकको दैलोमा पुग्न थालेका छन ।
मोटर बाटा जोडिएसँगै ट्याक्टर र पीक अप बोलेरो खाद्य सामाग्री बोकेर वस्ती उक्लेका छन । परम्परागत बजारहरु विरानो बन्न थालेका छन । मोटरबाटोसंगै थोक विक्री स्थल र खुद्रा बजारपनि माथीमाथी उक्लेका छन ।
‘गाउँवस्तीसम्म हिउँदे सडक पुगेपछि प्रतिपर्धा गर्दै ब्यवसायी ग्राहकसम्म पुग्न थालेका छन । सदरमुकामकै मुल्यमा अव गाउँमै सामान पाईन थालेको छ’ रघुगंगा गाउँपालिका, ७ चिमखोलाका ओम पुनले भने, ‘पहिलो एक दिनभर हिंडेर बेनी पुग्नु पथ्र्यो, सामान बोकेर वा खच्चडमा बोकाएर ल्याउँ महंगो पथ्र्यो । अहिले सजिलो भएको छ । गाडीले दैलोमै ल्याईदिन्छ ।’
पुनले थपे, ‘अहिलेका पुस्तालाई सजिलो छ, गाउँमा केही उत्पादन गर्न सके बजार पुऱ्याउन समस्या छैन, बजारको सामान एक कल फोनको भरमा विहानको बेलुकी भान्सामै आईपुग्छ ।’
बेनी, तातोपानी, दरवाङ, भुरुङ तातोपानी लगायतका ठाउँका किराना, खाद्यान्न, तरकारी, भाँडा, र कपडा व्यवसायीले पछिल्लो समय गाडीमा सामान बोकेर वस्ती–वस्तीमा ग्राहक खोज्दै उक्लने गरेका छन । ब्यापारी गाउँ उक्लेपछि सदरमुकाम बेनीसमेत मुख्य बजारमा मन्दी आउन थालेका छन ।
‘गाउँमा सडक पुगेपछि सदरमुकामको ब्यापार घटेको छ । अझ खुद्रा ब्यापार झन घटेको छ । ब्यवसाय टिकाउन ब्यवसायीक प्रतिस्पर्धा गर्न वोलेरो गाडी वा ट्याक्टरमै भएपनि सामाग्री वोकेर गाउँ–गाउँमा जानै पर्ने बाध्यता छ’ सदरमुकाम बेनीबाट पोखरे–घार–शिख–चित्रे सडक क्षेत्रका वस्तीमा सामान वेच्ने डेविसा स्टोरका देवकुमार श्रेष्ठले भने, ‘गाउँपालिका कार्यान्वयनमा आएपछि पुराना ब्यापारिक केन्द्र खुम्चिने र नयाँ बजार बन्ने क्रम सुरु भएको छ । ग्राहकले पनि दैलोमै गाडी पुग्ने भएपछि फोनगरी सामाग्री पठाउन अर्डर गर्ने भए ।’
जिल्लाका अधिकांश हिउँदे सडक जोडिएका वस्तीमा सहरबाट गाडीमा खाद्यान्न, लत्ताकपडा र मदिरा बोकेर ब्यापारी उपभोक्ताको दैलौ मै पुग्न थालेका छन । र गाउँलेहरु डोका र बोरा बोकेरै ‘सडक पसल’ मा ओईरिएका छन ।
‘गाउँमा खाद्यान्न बोकेर ट्याक्टर/बोलेर आएपछि खाना पकाउने एलपी ग्याँसको प्रति सिलिण्डर चार सय ५०, चामल प्रतिवोरा (२० केजी) तीन सय र खानेतेल प्रति लिटर १० रुपैयाँ सस्तो परेको छ’ अन्नपूर्ण गापा, ६ घारका श्यामप्रसाद खड्काले भने, ‘खाद्यान्न र मदिरा बोकेर आउने गाडीले फर्कदा आलु, सिमी तथा तरकारी बोकेर फर्कन्छन । तर आउने वस्तु धेरै सहर लैजाने उत्पादन भने थोरै ।’
ब्यवसायी तथा निजी प्रयोजनका गाडीहरु जस्तै, ट्याक्टर, मिनी ट्रक र पीकअप भ्यान, हाईलक्स, जीपमा आर्कषण बढेको छ । अरुको गाडीमा सामान ढुवानी गर्दा पालो कुर्नेपर्ने र भनेको समयमा पुर्याउन नसक्ने झन्झटले मझौला तहसम्मका ब्यवसायी गाडीमा आकर्षित भएका हुन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
