FLASH NEWS
  • Loading...

सिर्जनशिल पत्रकारिता पुरस्कार गौतमलाई

  • पुनहिल डट कम
  • २ साल अघि
  • २०४ पटक पढिएको
सिर्जनशिल पत्रकारिता पुरस्कार गौतमलाई

आदर्श सञ्चार सहकारी बागलुङ यसवर्षको सिर्जनशिल पत्रकारिता पुरस्कार पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष  हरिकृष्ण गौतमलाई प्रदान गरेकाे छ । 

सोमबार सहकारीको १५ औं साधारणसभाका अवसरमा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले गौतमलाई पुरस्कार प्रदान गरे ।  परोपकारी पत्रकारितामा गौतम पुरस्कृत भएका हुन् । निरन्तर सिर्जनशिल पत्रकारितामा सक्रिय रहने साविकको धौलागिरी अञ्चलका चार जिल्लाका पत्रकारहरुमध्ये हरेक वर्ष एकजनालाई पुरस्कृत गर्ने गरिएको संस्थापक सिर्जना पन्तले बताइन् ।

धौलागिरीका क्रियाशिल र सिर्जनशील पत्रकारलाई प्रदान गरिने सिर्जनशील पत्रकारिता पुरस्कार भने यसअघि सन्तोष थापा (पर्वत) दिल शिरीष (बागलुङ), सन्तोष गौतम (म्याग्दी), राम थापा, संगम घर्ति (बागलुङ) र सुन्दर कुमार थकाली (मुस्ताङ)लाई प्रदान गरिएको थियो ।

समाजमा बिद्यमान भड्किलो विवाहका बिरुद्ध पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले प्रगतिशिल विवाह गरेर समाजमा सकरात्मक सन्देश प्रवाह गर्दै आफ्नो विवाह खर्च कटाएर ५० हजार आदर्श सञ्चार सहकारीमा अक्षय कोष स्थापना गरेका थिए । उक्त कोषको ब्याजबाट आउने रकमबाट हरेक वर्ष धौलागिरीका क्रियाशील र सिर्जनशील पत्रकारलाई पुरस्कृत गरिदै आइएको छ ।