Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

जेसीज कपको उपाधी न्यु वेष्ट प्वाईन्टलाइ

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३५९ पटक पढिएको
जेसीज कपको उपाधी न्यु वेष्ट प्वाईन्टलाइ

अाइतवार बेनीमा सम्पन्न १९ औँ संस्करणको नमस्ते ट्रेड होटल याक जेसीज कप न्यू वेष्टप्वाइन्ट अावसिय माध्यामिक विद्यालयले उचालेकाे छ । याे सँगै न्यु वेष्ट प्वाईन्टले लगातार चार पटक जेसिज कपको उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको छ ।

फाईनल खेलमा बुद्ध एकेडेमीलाई शुन्यका विरुद्ध चारकाे फराकिलाे गाेल अन्तरले पराजित गर्दै न्यु वेष्ट प्वाईन्ट विजेता बनेकाे हाे ।  ‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसीजकप फुटवल’ भन्ने मूल नारासंगै संचालित १९ औँ संस्करणको जेसीज कपमा बिजेता न्यु वेष्ट प्वाईन्टले जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५२ हजार २२२ र उपबिजेता बुद्ध एकेडेमीले ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद ३२ हजार २२२ पुरस्कार हात पारे।

प्रतियोगितामा विजेता न्यु वेष्ट प्वाईन्टका अमृत तामाङ उतकृष्ट खेलाडी, न्यु वेष्ट प्वाईन्टका अमृत तामाङ र लकुस पुन सर्वाधिक गोलकता बनेका छन् । दुवैले समान ५/५ गोल गरेका थिए ।

त्यस्तै म्याग्दी एकेडेमी सिगांका सज्जन किसान उतृकष्ट गोलरक्षक, बुद्ध एकेडेमीका रविन तामाङ उतकृष्ट डिफेन्डर, बुद्ध एकेडेमीकै निराजन पुन उतकृष्ट स्टाइकर, केवी एकेडेमी दरवाङका खगेन पुन उतकृष्ट मिडपिल्डर, वेष्ट प्वाईन्टका सुमन थापा राईजिङ प्लेयर र उतृकष्ट कोच न्यु वेष्ट प्वाईन्टका दिपेन राई बने ।

उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद २ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत हुने छन । अनुशासित टिमलाई नगद ७ हजार ७ सय ७७ को साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएकाे संयोजक म्याग्दी जेसिजले जनाएकाे छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल