- Loading...
नेपाली कांग्रेस सभापतिमा ६ जनाको भिडन्त
- पुनहिल डट कम
- ३ साल अघि
- १४४ पटक पढिएको

नेपाली कांग्रेसको १४ महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्नको लागि सभापतिको लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र शेखर कोइराला पुरै प्यानलका साथ चुनावी मैदानमा आएका छन् भने प्रकाशमान सिंह सभापति, सुजाता कोइरालालाई उपसभापतिमा र विश्वप्रकाश शर्मालाई महामन्त्रीमा राखेर चुनावी माहोलमा सामेल भएका छन् ।
विमेलेन्द्र निधि र कल्याण गुरुङ् र युवराज न्यौपानले कुनै प्यानल विना नै सभापतिमा उम्मेदवारी दिएका छन् । त्यस्तै उपसभापतिमा महेश आचार्य र दिवेश्वरी शाहको उम्मेदवारी परेको छ । महामन्त्रीमा उम्मेदवारी दिएका डा राजाराम कार्की कुन गुटबाट हुन् भन्ने खुलेको छैन ।
शेर बहादुर देउवा समूह
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले यो दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्यानलबाट उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बनेका छन् ।
यस्तै महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार भएका छन् । महत निवर्तमान सहमहामन्त्री हुन् भने पौडेल केन्द्रीय सदस्य थिए । १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई साथ दिएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफ्नो तर्फबाट महामन्त्रीमा पौडेललाई अघि सारेका हुन् ।
देउवा समूहबाट महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना (मकवानपुर), आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे (पाँचथर), दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा (अर्घाखाँची), मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव (धनुषा), खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर (बर्दिया), थारु तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी (बारा), मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर (बारा) र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाही (हुम्ला) लाई उम्मेदवार बनेका छन् ।
शेखर कोइराला बहादुर देउवा समूह
नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि डा.शेखर कोइरालाले सभापतिमा मनोनयन दर्ता गराएका छन् । कोइरालाले युवा पुस्ताका नेताहरूलाई टिममा राखेर प्यानल खडा गरेका छन् ।
शेखरको टिममा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र डा.मिनेन्द्र रिजाल, सहमहामन्त्रीमा बद्री पाण्डे, रामकृष्ण यादव, कमला पन्त, जीवन परियार, देवराज चालिसे, विकास लामा, तेजुलाल चौधरी र शेख वकिल समेटिएका छन् ।
कांग्रेसमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् । निर्वाचनबाट कांग्रेसले १३४ पदाधिकारीसहितको केन्द्रीय समिति चयन गर्नेछ । पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ ।
त्यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी जनजाति १५, खस आर्य १३, मधेसी नौ, दलित चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक अल्पसङ्ख्यकबाट एक, अपाङ्गताबाट एक सदस्य निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनित गर्ने व्यवस्था छ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र शेखर कोइराला पुरै प्यानलका साथ चुनावी मैदानमा आएका छन् भने प्रकाशमान सिंह सभापति, सुजाता कोइरालालाई उपसभापतिमा र विश्वप्रकाश शर्मालाई महामन्त्रीमा राखेर चुनावी माहोलमा सामेल भएका छन् ।
विमेलेन्द्र निधि र कल्याण गुरुङ् र युवराज न्यौपानले कुनै प्यानल विना नै सभापतिमा उम्मेदवारी दिएका छन् । त्यस्तै उपसभापतिमा महेश आचार्य र दिवेश्वरी शाहको उम्मेदवारी परेको छ । महामन्त्रीमा उम्मेदवारी दिएका डा राजाराम कार्की कुन गुटबाट हुन् भन्ने खुलेको छैन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
