FLASH NEWS
  • Loading...

बागलुङको कुँडुलेमा भजन महोत्सव

  • पुनहिल डट कम
  • २ साल अघि
  • २३१ पटक पढिएको
बागलुङको कुँडुलेमा भजन महोत्सव

बागलुङको कुँडुलेमा  धार्मिक, साँस्कृतिक र पर्यटकीय महत्व बढाउन प्रथम राष्ट्रिय भजन महोत्सव शुरु भएको छ ।
शालग्राम संग्राहलय, रंगविंकटेश्वर मुक्तीनारायण मन्दिर र मुक्तीनाथ वेद विद्याश्रमको प्रचारसमेत गर्न महोत्सव आयोजना गरिएको हो ।

अधिकारीले महोत्सव उद्घाटन गर्दै भजन नेपाली समाजको संस्कृति र इतिहास भएको बताए । उनले भजनबाट धार्मिक कथा र नेपाली संस्कार झल्कने समेत बताए । उनले महोत्सवको सफलताको कामना समेत गरेका थिए । भजन महोत्सव आयोजक समितिका अनुसार यहाँ विभिन्न जिल्लाका ४० बढी भजन समूह र केही स्थानीय समूहले भाग लिनेछन् । चार दिनसम्म चल्ने महोत्सवमा राष्ट्रिय ख्यातीप्राप्त कलाकारले पनि प्रस्तुतीकरण गर्नेछन् ।
भजनमार्फत धार्मिक पर्यटक भित्राउने, धार्मिक गन्तव्यको रुपमा शालग्राम संग्राहलयलाई चिनाउने लगायतका काममा महोत्सव फलदायी हुने समेत आयोजकले बताए । ‘यो अभियानले धार्मिक गन्तव्यको रुपमा यो क्षेत्रलाई चिनाउन सहज हुनेछ’ आयोजक समितिका संयोजक राजु खड्काले भने, ‘यस्ता गतिविधि अहिलेसम्म कतै भएका थिएनन् ।’