FLASH NEWS
  • Loading...

न्यु वेष्ट प्वाईन्ट र बुद्ध एकेडेमी फाईनलमा

  • पुनहिल डट कम
  • २ साल अघि
  • २४१ पटक पढिएको
न्यु वेष्ट प्वाईन्ट र बुद्ध एकेडेमी फाईनलमा

म्याग्दी जेसीजद्वारा आयोजित अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिताको फाईनलमा न्यू वेष्ट प्वाईन्ट र बुद्ध एकेडेमी पुगेका छन् ।

आईतबार खुल्लामञ्चमा १९ औँ संस्करणको नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिताको प्रतिस्पर्धा हुनेछ । न्यु वेष्ट प्वाईन्ट विद्यालयले केवी एकेडेमी दरवाङलाई शुन्यका विरुद्ध ३ गोलले र बुद्ध एकेडेमीले किसानी मावि धारापानीलाई शुन्यका विरुद्ध २ गोलले पराजित फाइनल प्रवेश गरेका हुन । 

बिजेता विद्यालयले जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५२ हजार २२२ र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद ३२ हजार २२२ पुरस्कार प्रदान पाउने छ । उ

त्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद २ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत हुने छन । अनुशासित टिमलाई नगद ७ हजार ७ सय ७७ को साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने मुल संयोजक म्याग्दी जेसिजका अध्यक्ष विरेन्द्र श्रेष्ठले बताए ।