- Loading...
युवा क्लवको अगुवाईमा गाडीको भाडा कायम
- पुनहिल डट कम
- ३ साल अघि
- १६९ पटक पढिएको

म्याग्दीको एक वस्तीका युवा क्लवको अगुवाईमा यातायात ब्यवसायीसँग गाउँमा चल्ने गाडीको भाडा समायोजन गराएका छन ।
यातायात ब्यवसायीले यात्रुबाट मनखुशी महंगो भाडा असुली गरेको गुनासो आएपछि अन्नपूर्ण गाउँपालिका, ५ शिख स्थित न्यु कान्छीवाराही युवा क्लव र तल्लोगाउँ युवा क्लवको अगुवाईमा बेनी–पोखरे–शिख रुटमा चल्ने गाडीको भाडा समायोजन गरेका हुन । बेनी–पोखरे–शिख ग्रामिण रुटमा १० वटा वोलेरो जीप मात्र चल्ने गर्छन ।
‘सडकको अधिकांश भाग ग्राभेल स्तरमा सुधार भएकोले ब्यवसायीले महंगो र मनखुसी भाडा लिने गरेको गुनासो आएपछि ब्यवसायीसँगै बसेर भाडा दरमा केही घटाएर नयाँ भाडादर कायम गरेका हौं’ न्यू कान्छीवाराही युवा क्लवका अध्यक्ष विसन रानाले भने, ‘सडकमा रुट कायम गर्ने, भाडा दर कायम गर्ने र जनतालाई सहुलियत दिने मुख्य दायित्व स्थानिय सरकार, यातायात ब्यवस्था कार्यालय र प्रहरी तथा प्रशासन कार्यालयको हो । तर ति कार्यालय ब्यवसायीका अगाडी निरिह भएपछि आफ्नो गाउँमा चल्ने गाडीको भाडा कायम गर्न हामी आफै अग्रसर भएका हौं ।’
युवा क्लव र ब्यवसायी विच भएको लिखित सहमती अनुसार जिल्ला सदरमुकाम बेनी–शिखसम्मको ६ सय ५० र गाउँपालिका मुकाम रहेको पोखरे देखीशिखसम्म ३ सय रुपैयाँ भाडा कायम गराएका हुन । ब्यवसायीले बेनी–शिख ८ सय र पोखरे–शिख रुटमा ५ सय भाडा लिँदै आएकोका थिए ।
यातायात ब्यवसायीले भने बेनी–शिख र पोखरे–चित्रे सडकमा मात्र भाडादर कायम भएको भन्दै सडकको विच खण्डमा पर्ने घारा, खिवाङ र शिखदेखी माथीका वस्तीमा पुग्ने यात्रुबाट भने पुरानै भाडा असुली गरिरहेको यात्रुले गुनासो गरेका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
