- Loading...
कांग्रेस महाधिवेशनको मञ्चमा ओली, दाहाल र नेपाल !
- पुनहिल डट कम
- ३ साल अघि
- १२१ पटक पढिएको

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल करिब १ वर्षपछि एउटै मञ्चमा देखिने भएका छन् । शुक्रबार भृकुटीमण्डपमा हुने कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा दाहाल र ओलीसहित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि सँगै देखिने भएका छन् ।
रुघाखोकीका कारण बिहीबार प्रेस चौतारीको एउटा कार्यक्रममा नगएका ओली शुक्रबार भने कांग्रेस महाधिवेशनमा सहभागी हुने प्रेस संयोजक रामशरण बजगाईंले बताए । पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेसँगै ओली र दाहाल एउटै मञ्चमा देखिन छाडेका छन् । तत्कालीन नेकपा सचिवालयको ७० औं बैठकमा ओलीमाथि दर्जनौं संगीन आरोप लगाउँदै दाहालले प्रस्ताव पेस गरेपछि दुई नेताबीचको सम्बन्ध बिग्रिएको थियो ।
पुस ४ गते खुमलटारस्थित दाहाल निवासमै पुगेर ओलीले आरोपपत्र फिर्ता लिन आग्रह गरेका थिए । उनले प्रस्ताव फिर्ता नभए आफू जस्तोसुकै अप्रिय कदम चाल्न पनि पछि नपर्ने संकेत गरेका थिए । त्यही संकेतअनुरुप नै उनले पुस ५ गते बिहान प्रतिनिधिसभा विघटनको निर्णय गरे । त्यस्तै ओली र नेपालबीच करिब ५ महिनायता भेटघाट भएको छैन ।
एमालेको दसौं महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा गए पनि दाहाल सहभागी भएका थिएनन् । माओवादीले स्थायी कमिटी सदस्य लीलामणि पोखरेललाई उद्घाटन समारोहमा पठाएको थियो । एमालेले भने एकीकृत समाजवादी पार्टीलाई अवैधानिक करार गर्दै निम्तो नै पठाएको थिएन । एउटै पार्टीमा रहेका ओली, दाहाल र नेपाल लामो समयपछि एकै ठाउँमा देखिनुलाई चासोका साथ हेरिएको छ । *इकान्तिपुरबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
