- Loading...
यो हिउँदमा वर्षा कम र तापक्रम सरदर भन्दा बढी हुने
- पुनहिल डट कम
- ३ साल अघि
- ३०८ पटक पढिएको

जाडो यामको तीन महिना (हिउँद) कुल वर्षा सरदर भन्दा कम हुने आँकलन गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको हावापानी विज्ञान महाशाखा/हावापानी विश्लेषण शाखाले जारी गरेको हिउँद अवधिको हावापानी आँकलन अनुसार यो वर्षको हिउँदमा वर्षा सरदर भन्दा कम तथा अधिकतम तापक्रम भने औषत भन्दा बढी हुने देखिएको हो ।
न्यूनतम तापक्रम भने सरदर र सरदर भन्दा बढी हुने सम्भावना रहेको हालै जारी गरिएको मंसिर १५ देखि फागुन १६ सम्मको हावापानी आँकलनमा उल्लेख छ । यो हिउँदमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको उत्तरी क्षेत्र अर्थात पहाडी–उच्च पहाडी भूभाग तथा प्रदेश एकको मध्यपूर्वी पहाडी क्षेत्रमा सरदर भन्दा कम वर्षा हुने देखिएको हो ।
ती क्षेत्रमा औषत भन्दा कम वर्षाको सम्भावना ३५ देखि ४५ प्रतिशत र देशका अरु क्षेत्रमा सरदर भन्दा कम वर्षाको सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ ।
यो वर्षको हिउँदमा देशका अधिकांश क्षेत्रको अधिकतम तापक्रम औषत भन्दा बढी रहने सम्भावना छ।
विभागले जारी गरेको हावापानी आँकलनमा भनिएको छ, ‘यो वर्षको हिउँद अवधिमा प्रदेश १ र अरु प्रदेशका तराईका जिल्ला बाहेकका अधिकांश क्षेत्रमा अधिकतम तापक्रम सरदर भन्दा बढी रहने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।’
तर बागमती प्रदेशको काठमाडौँ, ललितपुर, भक्तपुर तथा आसपासका जिल्ला, गण्डकी प्रदेशको पर्वत, कास्की र म्याग्दी जिल्लाका धेरै स्थान, सुदूरपश्चिम प्रदेशका डडेलधुरा, बैतडी, डोटी र अछाममा सरदर भन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।
बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला र लुम्बिनी प्रदेशको पूर्वी तराईका जिल्लाका धेरै स्थानमा अधिकतम तापक्रम औषत नै रहेन सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।
यस्तै लुम्बिनी प्रदेशको पश्चिम तराईका धेरै क्षेत्रमा अधिकतम तापक्रम सरदर भन्दा कम हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेका विभागले जारी गरेको हिउँदे मौसमी आँकलनमा उल्लेख छ ।
यसैबीच यो वर्षको हिउँदमा दक्षिण एसियाका धेरैजसो दक्षिणी क्षेत्रमा सरदर भन्दा बढी, उत्तर पश्चिमी र उत्तर पूर्वी तथा हिमालय पर्वतीय क्षेत्रमा सरदर वा सरदर भन्दा कम वर्षा हुने आँकलन गरिएको छ ।
दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चका अनुसार हिमालय पर्वतीय क्षेत्रको अतिकतम तथा न्यूनतम तापक्रम सरदर वा सरदर भन्दा बढी हुने सम्भावना छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
