- Loading...
द्वन्द्वपीडित परिचयपत्रमा ‘पीडक’ को नाम उल्लेख गर्न सर्वोच्चको आदेश
- पुनहिल डट कम
- ३ साल अघि
- १५४ पटक पढिएको

सर्वोच्च अदालतले द्वन्द्वपीडित परिचयपत्रमा ‘पीडक’ को नाम राखेर वितरणको व्यवस्था मिलाउन आदेश दिएको छ।
सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् सरकारले वितरण गरिरहेको द्वन्द्वपीडित परिचयपत्रमा ऐन र कार्यविधिले तोकेका विषयहरू समावेस नभएको भन्दै सर्वोच्चले पुनरावलोकन गर्न आदेश दिएको हो।
उसले विपक्षीका नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ। अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलाशले पीडक पक्षको समेत नाम उल्लेख गरेर परिचयपत्र वितरण गर्न आदेश दिएको छ।
साथै सर्वोच्चले अहिले वितरण भइरहेको परिचयपत्र रोक लगाउन पनि भनेको छ। द्वन्द्वपीडितलाई परिचयपत्र दिँदा पीडित र पीडकको नामसमेत उल्लेख गरिनुपर्ने व्यवस्था सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग ऐन २०७१ मा भए पनि उल्लेख नगरिएपछि पीडित अदालत पुगेका थिए।
हाल वितरण भइरहेको परिचयपत्रबाट वास्तविक पीडितको परिचयपत्र नखुल्ने भन्दै सर्वोच्चले परिचयपत्र ‘व्यवहारिक र पीडितलाई स्वीकार्य हुने किसिमको’ पनि नरहेको ठहर गरेको छ । सरकारले आयोगमार्फत गत वर्ष माघ १५ गतेदेखि कर्णाली प्रदेशको सुर्खेतबाट द्वन्द्वपीडित परिचयपत्र वितरण गर्न सुरु गरेको थियो।
*थाहाखवरबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
