FLASH NEWS
  • Loading...

लमजुङमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ६ घाइते

  • पुनहिल डट कम
  • २ साल अघि
  • २०८ पटक पढिएको
लमजुङमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ६ घाइते

लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ८ भुस्मेनजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ग १ ज ६३१७ नम्बरको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

तर मृतक तीनै जनाको सनाखत भएको छैन । लमजुङ जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण बहादुर कार्कीले अहिले घाइतेको उद्वारका लागि घटनास्थलतर्फ जाँदै गरेको बताए । साथै खुदीको प्रहरी चौकीबाट प्रहरी खटाएको उनले बताए । प्रहरीका अनुसार उक्त जिप मर्स्याङ्दीको स्थानीय कच्ची सडक हुँदै सिमपानीबाट पिस हिलतर्फ जाँदै थियो ।

अहिले स्थानीयहरूले घाइतेहरूको उद्वार गरी अस्पतालतर्फ पठाउँदै गरेको बताएका छन् ।