- Loading...
बालुवाका पहाड खोपेर निर्मित गुफा भित्रै लोभ लाग्दो गेष्ट हाउँस
- पुनहिल डट कम
- ३ साल अघि
- ४५९ पटक पढिएको

चन्द्र धरातल जस्तो भू–दृष्यका निमित्त विश्व प्रख्यात लोमन्थाङका विभिन्न पहाड खोपेर निर्मित गुफाहरु अद्धितीय र रहस्यमयी पुरातात्विक विचित्रता हो । यी गुफा कस्ले, किन र कहिले निर्माण गरे अझै रहस्यमय छन ।
र हालै सदियौं वर्ष अघि बालुवाका पहाड खोपेर निर्मित गुफामा हालै एक जना ब्यवसायीले पर्यटक राख्ने गेष्ट हाउसको रुपमा उपयोग गर्न थालेका छन । लोमान्थाङ—१ छोसेर अवस्थित सेल्तामा गुफा भित्र स्थानीय पेमा घिर्मी गुरुङले पर्यटक बस्ने गेष्ट हाउँस सञ्चालन गरेका छन । गुफा भित्र रहेको गेष्ट हाउँसमा रात बिताउँन स्वदेशी तथा बिदेशी पर्यटक उल्लेख्य उपस्थिती हुने गरेको पाईएको छ ।
लोमान्थाङ—१ छासेरको सबै भन्दा ठुलो झोङ गुफा भन्दा केही तल पर्ने सेल्तामा गुफामा गुरुङले गेष्ट हाउँस संञ्चालन गरेका हुन् । उनले गुफा भित्र रहेको गेष्ट हाउँसको नाम शेल्कार गेष्ट हाउस राखेका छन् । गेष्ट हाउँस पुग्न जोमसोम—कोरला राजमार्ग देखि पूर्वतर्फ २० मिनेटको पैदलयात्राबाट गन्तब्य तय गर्न सकिन्छ ।
‘होटल युनिक छ,पर्यटक आर्कषणका लागि गुफा भित्रै गेष्ट हाउँस बनाएको हो ।उपल्लो मुस्ताङ आएका पर्यटकले गुफा भित्र होटल देखेपछि एक रात बिताएर फर्किन्छ’ गेष्ट हाउँस संञ्चालक गुरुङले थपे, ‘वास वसेका पर्यटक सवै सन्तु्षट छन । काेराेना कहर हटेपछि गेष्ट हाउस थप चल्ने विश्रवास छ । ‘
गेष्टहाउस सञ्चालक पेमा गुरूङका अनुसार गुफा भित्र रहेको ४ वटा कोठा मध्ये एक कोठामा ६ वटा बेड र अर्को ३ वटा कोठामा २÷२ वटा बेड अटेका छन । गुफा भित्रको कोठा कोठामा उनले बत्ती र पानीको ब्यवस्था समेत मिलाएका छन् । गुफा भित्रको कोठाको झ्यालहरुमा पुराना ऐतिहासिक भाडा बर्तनका सामाग्री राखिएको छ ।त्यसै गरी उनले गुफाको गेष्ट हाउँस बाहेक गुफा बाहिर पनि उनको सोही नामको ८ बेड क्षमताको गेष्ट हाउँस छ । गुफा पुग्ने पर्यटकले रुचि अनुसार गुफा भित्र वा बाहिर बस्ने भन्ने दुबै खालको सुबिधा मिलाएका छन् ।गुफाको स्वामित्व आफ्नै भएकाले उनले गाउँले वा पालिकालाई कर समेत तिर्न पर्दैन । गेष्ट हाउँस संञ्चालक गुरुङले गुफा भित्र बाँस बस्न आउने पर्यटकलाई ३ हजार देखि ७ हजार सम्म शुल्क लिने गरेको बताउँछन् ।
गुफामा बास बसेर फर्केका आन्तरिक पर्यटक नितेश विक्रम भट्टराइले गेष्ट हाउसको आधिकारिक फेसवुक पेजमा लेखेका छन, ‘बसाइ आनन्दको, आत्मिय सत्कार, मिठो खाना अनि स्वर्गकै बसाइ ।’
तस्वीर – शेल्कार गेस्टहाउसकाे फेसवुकबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
