FLASH NEWS
  • Loading...

भारतमा एकै दिन १७ जनामा देखियाे ओमिक्राेन

  • पुनहिल डट कम
  • २ साल अघि
  • २९० पटक पढिएको
भारतमा एकै दिन १७ जनामा देखियाे ओमिक्राेन

भारतमा एकै दिन १७ जनामा काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेन भाइरस देखिएकाे छ। पछिल्लाे २४ घन्टामा राजस्थानमा नाै र महाराष्ट्रमा अ‍ाठ जनामा ओमिक्राेन देखिएकाे हाे।

याेसँगै भारतमा ओमिक्राेनबाट संक्रमित हुनेकाे संख्या २१ जना पुगेकाे छ। भारतमा दक्षिण काेरियाबाट अ‍ाएका र उनहरुकाे सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्राेन देखिएकाे छ।

यसअघि कर्नाटकमा दुई जनामा र गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमिक्राेन देखिएकाे थियाे। अहिलेसम्म अमेरिका अस्ट्रेलिया बेलायत नेदरल्यान्डसहित २५ देशमा ओमिक्राेन देखिएकाे छ ।