FLASH NEWS
  • Loading...

घरमै बलात्कृत हुन्छन छाेरी/नातिनीहरू

  • पुनहिल डट कम
  • २ साल अघि
  • २७९ पटक पढिएको
घरमै बलात्कृत हुन्छन छाेरी/नातिनीहरू

म्याग्दीमा पछिल्ला दिनमा छाेरी/नातिनीहरू अाफ्नै बाबु/बाजेबाट बलात्कृत हुने घट्ना दाेहाेरिएका छन ।

बेनी नगरपालिका, ५ का एक परिवर्तित नाम ४७(द)ले ०७८ कात्तिक २७ गते आफ्नै नातिनी ७ बर्षिया परिवर्तित नाम ४७(१८)लाई आफ्नै घरको कोठामा लगी बलत्कार गरे ।
प्रहरीले ०७८ मंसिर १४ गते जिल्ला अदालतमा हाडनाता भित्रको नावालिकालाई जर्वजस्ती करणी मुद्दा दायर गरेकोमा आदालतले मंसिर १५ गते आरोपी (४७ द)लाई थप अनुसन्धानकालागी पुर्पक्षकालागी थुनामा पठाउने आदेश गऱ्यो ।
त्यसैगरी मंगला गाउँपालिका, ५ का एक ४७ बर्षिय पुरुषले ०७८ कात्तिक १८ गते दिउँसो हाडनाता भित्रकी ७ बर्षिया परिवर्तित नाम ४७(२०)लाई बलत्कार गरे ।
मंसिर ४ गते इलाका प्रहरी कार्यालय दरवाङ्गमा परिवारका सदस्यले जाहेरी दरखास्त दिएपछि वल्न घट्ना सार्वजनिक भएको थियो । प्रहरीले मंसिर १७ गते जिल्ला अदालतमा जर्वजस्ती करणी मुद्दा दर्ता गरेकोमा आईतवार नातीनि बलात्कारका आरोपीलाई पुर्पक्षकालागी थुनामा राख्ने आदेश गरेको छ ।
यी उदाहरण मात्र हुन । प्रहरी कार्यालयमा जाहेरी दर्ता अनुसार चालु आर्थिक बर्षको पहिलो तीन महिना दुई हप्तामा ७ वटा बलत्कार र २ वटा बलत्कार प्रयासका घट्नाका अधिकांश पीडित परिवारका सदस्य वा आफन्तैबाट बलात्कृत भएका छन ।
‘प्रहरी कार्यालयमा दर्ता भएका प्राय: सवै बलत्कारका घट्नामा आफन्तबाट बालिका बलात्कृत भएका छन । बाँकी छिमेकी/परिचितबाट पीडित छन’ प्रहरी नायवउपरिक्षक श्यामकुमार राईले भने, ‘म्याग्दीमा पछिल्ला केही वर्षदेखीका जर्वजस्ती करणीका घट्ना केलाउँदा बालिकाहरु परिवारका सदस्य वा आफन्तबाटै बलात्कृत हुनेक्रम बढेको छ ।’
जिल्ला प्रहरीमा दर्ता भएका जर्वजस्ती करणीका ७ थान जाहेरी दर्ता गरेकामा ५ वटा घट्नाका पीडित ७ वर्ष देखी १६ बर्ष मुनीका बालिका छन । ७ बर्षिया बालिकाहरु एकाघरका सदस्यबाट बलात्कृत भएका छन । बाँकी तीन वटा घट्नाका पिडित पनि नाता पर्ने वा छिमेकी छन । बलत्कारमा पीडित भएका अन्य दुई वटा घट्नाका आरोपी पनि छिमेकी तथा कुनै न कुनै नाता पर्ने परिचित छन ।
जिल्ला अदालतकी कम्प्युटर अपरेटर लक्ष्मी पौडेलका अनुसार जर्वजस्ती करणीका २ वटा घट्नाका पीडित र आरोपी दुवै १५ बर्षमुनीका भएकोले जिल्ला अदालतको असोज ४ र ७ गतेको आदेशबाट एक जनालाई संरक्षकको जिम्मा लगाईएको र अर्का एक जनालाई वालसुधार केन्द्र पोखरा पठाईएको छ ।
प्रहरीले जर्वजस्ती करणी उद्योगमा जिल्ला अदालतमा दर्ता गरेका दुई थान मुद्धामध्य एक जनालाई १ लाख धरौटीसहित तारेखमा छोड्ने आदेश भएको छ । अर्को मुद्धामा भने पुर्पक्षकालागी थुनामा पठाउने आदेश भएको छ ।