FLASH NEWS
  • Loading...

मोडर्ना खोप : १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिने निर्णय

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ४४८ पटक पढिएको
मोडर्ना खोप : १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिने निर्णय

सरकारले कोभिडविरुद्धको खोप मोडर्ना पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिने निर्णय गरेको छ । यसअघि अर्को खोप फाइजर पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिइएको थियो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख सागर दाहालले आइतबार बसेको खोप सल्लाहकार समितिको बैठकबाट मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिने निर्णय गरेको बताए । उनले यो खोप अबको एक साता भित्रै लगाउन सुरु गर्ने तयारी रहेको बताए ।

दाहालका अनुसार मोडर्ना खोप सात महिनासम्म भण्डारण गर्नुपर्दा माइनस १५ देखि २५ डिग्री सेल्सीयसमा राख्नुपर्ने भएपनि एक महिनासम्मका लागि भने खोपका लागि सामान्य मानिने २ देखि ८ डिग्री तापक्रम राख्न सकिन्छ । त्यसैले यो खोप गाँउ गाँउका विद्यालयमा लगेर दिने योजना रहेको समेत उनले सुनाए ।

‘कोभ्याक्स सुविधा अन्तरगर्त अहिले मोडर्ना खोप १ लाख ८८ हजार डोज आएको छ । त्यसैले यो खोप पनि बालबालिकाहरुका लागि पर्याप्त हुँदेन । तर सामान्य तापक्रममा लैजान मिल्ने हुनाले यसलाई गाँउ गाँउका विद्यालयमा पु र्‍याएर लगाउने भन्ने योजना बनेको छ । कहाँ कहाँ लैजाने भन्ने बारेका जानकारी केही दिनमै सार्वजनिक गर्नेछौँ,’ उनले भने ।

दाहालले केही दिनमै थप ६ लाख डोज फाइजर खोप पनि आउने भएकोले शहरी क्षेत्रका विद्यालयमा फाइजर र ग्रामिण क्षेत्रका मोर्डना गर्ने कि भन्ने विषयमा समेत छलफल भएको सुनाए ।

मोडर्ना खोप पनि २८ दिनको अन्तरमा दुई डोज लगाउनु पर्छ । यसअघि १८ वर्ष माथिका व्यक्तिलाई दिइदै आएको मोर्डना खोपलाई केही महिना अघि विश्व स्वास्थ्य संगठनले १२ वर्ष माथिकालाई दिन मिल्ने अनुमति दिएको थियो । विश्व स्वास्थ्य संगठनको अनुमति पछि नेपालले पनि बालबालिकालाई दिने निर्णय गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र