- Loading...
मेलाजात्राको भरमा म्याग्दीको खेलकुद
- पुनहिल डट कम
- ३ साल अघि
- १६० पटक पढिएको

भिरालो पाखोमा अवस्थित बस्तीका साँघुरा फोट्यान बढी रहेकोले तुलनात्मक रुपमा थोरै क्षेत्रफल भएपुग्ने भलिवल, बास्केटबल र आर्चरी (धनुखेल) लोकप्रीय छन । शहरी क्षेत्रका युवा पुस्तामा भने फुटवल क्रेज बढ्दो छ । तर जिल्ला भरीमै एउटा पनि पूर्ण साईजको फुटवल मैदान छैन ।
जिल्लाका ३० घरभन्दा ठूलो बस्तीमा माघेसक्रान्ति, फागुपूर्णिमा, नयाँ बर्ष, जनैपूर्णिमा, तीज, दशैं, तिहार त औपचारिक चाडपर्व तथा भूमेपुजामा स्थानिय क्लवहरुले ७–१० दिनसम्म मेलाजात्रा लाग्ने गरेका छन ।
परम्परागत शैली र मनोरञ्जनकालागी मात्र गरिने खेलकुद प्रतियोगिताले नै यहाँको खेल गतिविधी सिमित छ । पछिल्ला केही बर्ष देखी सदरमुकाममा फाट्टफुट्ट खेलप्रतियोगिता हुन थालेका छन । आगामी मंसिर २१–२४ बेनीमा जिल्ला स्तरिय अन्र्तरमाध्यामिक विद्यालय जेसिजकप फुटवल पनि हुँदैछ ।
‘गाउँ–गाउँमा लाग्ने परम्परागत मेलाजात्रामा हुने खेलप्रतियोगिताले राज्यलाई प्रत्यक्ष योगदान पुर्याउन सक्ने खेलाडी उत्पादन नभएपनि अपडेट हुन मद्दत पुगेको छ’ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले भने, ‘राज्यको तर्फबाट विद्यालय स्तरिय राष्ट्रपति शिल्ड प्रतियोगिताबाहेक अन्य प्रतियोगिता छैन । सदरमुकामका केही स्कुल र क्लवले आयोजना गर्ने प्रतियोगितालाई नै जिल्लाको खेलगतिविधी मान्दै आएका छौं ।’
सरकारले पछिल्ला दुई बर्ष देखी युवा वर्ग लक्षित कार्यक्रममा खेलकुद पूर्वाधार, खेलसामाग्रीमा लगानी बढाएको छ । तर योजना पूर्णहुँदासम्म नियमित बजेट नहुँदा खेलमैदानसमेत पूर्वाधार निर्माण अलपत्र परेका छन ।
गण्डकी प्रदेशको साविक पृथ्वीसुब्बा गुरुङ सरकारले सदरमुकाम बेनी स्थित खुल्लामञ्चको क्षेत्रफल विस्तारगरी मिनी रङ्गशाला बनाउने योजना सरकार फेरिएसँगै बजेट अभावमा अलपत्र छ । त्यसैगरी बेनी नगरपालिका, १ रत्नेचौर, बेनी नपा, ५ बगुवाखोला र मालिका गाउँपालिका, ६ छ्यारछ्यारेमा सुरु गरेका फुलवल मैदान निर्माण गर्न ५०–५० लाख रुपैयाँ खर्च भएपनि बजेट निरन्तरता नहुँदा एक बर्षदेखी अलपत्र छन ।
सदरमुकाम बेनीको म्याग्दी र कालीगण्डकी नदी दोभानमा बन्दै गरेको ‘मिनी रंगशाला’ एक बर्षदेखी अलपत्र भएको छ । चालु आवमा भने संघ, प्रदेशर स्थानीय बेनी नगरपालिका कतैबाट पनि बजेट विनयिोजन नभएपछि बेनी रंगशाला निर्माण अलपत्र परेको हो ।
९ करोडबढी लागत अनुमान गरिएको बेनी मिनी रंगशाला बनाउन संघिय सरकारबाट १ करोड, गण्डकी प्रदेश सरकारबाट ४० लाख र बेनी नगरपालिका, ७ वडा कार्यालयको ९ लाख र संघिय साँसद विकास कोषबाट ५० लाख बजेट खर्च भएको थियो ।
‘गण्डकी प्रदेश सरकारले फुटवलसहितको बहुउद्देश्यी खेलमैदान (मिनी रङ्गशाला) बनाउन विनियोजित ५० लाखबाट मैदान सम्म्याउने र भलिवल तथा बास्केटवल कोर्टसम्म बनेका छन । बाँकी काम अलपत्र छ’ मालिका गाउँपालिका, ६ दरवाङका वडाध्यक्ष सन्दोष सुवेदीले भने, ‘सरकार फेरियो, योजना पनि फेरी । पुराना निर्माणाधिन काम अलपत्र परेको छ ।’
बेनी नगरपालिका, ७ स्थित बेनीखुल्ला मञ्च, बेनी नपाकै रत्नेचौर, बगुवाखोला, अन्नपूर्ण गाउँपालिका, ५ चित्रे, सोही गापा ७ हिस्तान, मालिका गापाको दरवाङ्ग, र देविस्थानमा फुटवल खेल मैदान भएपनि यी सवै नाईन ए साईड मापदण्डका खेलमैदान हुन । जिल्लामा सवै फुटवल प्रतियोगितामा ९–९ जना खेलाडी मात्र खेल्छन ।
कालीगण्डकी र म्याग्दी नदीको संगमस्थलको बगरमा ३८/८० मिटर आकारमा त्रिकोणात्मक रुपमा अब्यवस्थित मैदानलाई विस्तार गरी ४५/९६ मिटर क्षेत्रफलको खेलमैदान बनाउन काम सुरु भएको थियो । फुटवलमा ४५/९० मिटर चौडाई/लम्बाई न्यूनतम र अधिकतम ६०/१२० मिटर चौडाई/लम्बाई भएमात्र फुटवलको अफिसिय खेल मैदान मानिन्छ ।
‘जिल्ला सदरमुकाममै पूर्ण आकारको फुटवल मैदान नभएकोले हामीले पनि सेभेन ए साईड नै खेलाउँदैछौं’ म्याग्दी जेसिजका अध्यक्ष विरेन्द्र श्रेष्ठले भने, ‘पूर्ण आकारको खेलमैदान बन्ला झै देखिएको थियो । खै त्यसै हरायो, अलपत्र छ ।’
जिल्ला खेलकुद विकास समितिले आफ्नै पहल र प्रयत्नबाट पनि विभिन्न कार्यक्रम गर्दै आएको छ । समितिले गाउँ–गाउँमा लाग्ने परम्परागत मेलापर्वलाई ब्यवस्थित गर्न प्रयास गरेको छ । बर्षभरीमा जिल्लाकालागी पदक ल्याउने खेलाडीहरुलाई बार्षिक २० हजार नगद, दोसल्ला र प्रमाणपत्र सहित ‘प्लेयर अफ द इयर’ ले सम्मान गर्ने र बार्षिक ८ हजार मुल्यको खेलकुद सामाग्री वितरणमै सीमित छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
