FLASH NEWS
  • Loading...

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

  • पुनहिल डट कम
  • २ साल अघि
  • २४१ पटक पढिएको
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले थापालाई १९९ मत अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

राप्रपा नेता मोहन श्रेष्ठले मतगणनास्थलबाट कान्तिपुरलाई जानकारी दिए अनुसार लिङ्देनले १८१७ र थापाले १६१८ मत ल्याएका छन् । ४३१ मत बदर भएको श्रेष्ठले जानकारी दिए ।

निर्वाचन समितिले आधिकारिक मतसहित घोषणा गर्ने तयारी गरेको छ । यसैबीच, अध्यक्षमा पराजित थापाले सामाजिक सञ्जालमार्फत लिङ्देनलाई बधाई दिँदै मत परिणाम स्वीकार गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि सो पार्टीका नेता कमल थापाले पूर्वराजा ज्ञानेन्द्रलाई बधाइ दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा केहीबेरअघि एउटा स्ट्याटस लेख्दै नेता थापाले राप्रपाको महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्रले नाङ्गो हस्तक्षेप गरेको आरोप पनि लगाएका छन्।

उनले यस्तो हस्तक्षेपको भत्र्सनासमेत गरेका छन्। उनले लेखेका छन्, ‘पार्टीको आन्तरिक प्रतिष्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्र्सना गर्दछु।’