FLASH NEWS
  • Loading...

कांग्रेस गण्डकीमा पौडेल पक्षीय शुक्रराज शर्मा विजयी

  • पुनहिल डट कम
  • २ साल अघि
  • ९९ पटक पढिएको
कांग्रेस गण्डकीमा पौडेल पक्षीय शुक्रराज शर्मा विजयी

नेपाली कांग्रेस गण्डकी सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका शुक्रराज शर्मा ८४ मतले विजयी भएका छन् । शर्माले ६१२ मत ल्याउँदा उनका प्रतिष्पर्धी पर्वतका अर्जुन जोशीले ५२८ मत पाए । 

यसैगरी एक उपसभापतिमा बाहेक अन्य पदाधिकारीमा शर्मा प्यानलका विजयी बने । संस्थापन पक्षका मेखलाल श्रेष्ठलेमात्र उपसभापतिमा जिते । शर्मा प्यानलकी कल्पना तिवारीले उपसभापतिमा जितिन् । महामन्त्रीमा शर्मा प्यानलकै विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठले बाजी मारे । यसैगरी ३ सहमहामन्त्रीमा शर्मा प्यानलका कोपीला रानाभाट, रामचन्द्र जोशी र रमेशकुमार पाण्डेले विजयी हासिल गरेका छन् ।

पौडेल समूहबाट सभापतिमा आकांक्षी बढी भएपछि पार्टी महामन्त्री शशांक कोइरालासमेतको छलफलपछि शर्मालाई एकल उम्मेदवार बनाइएको थियो । अन्यत्र जस्तै गण्डकीमा पनि संस्थापन देउवा पक्ष र इतरको पौडेल पक्षधर प्यानल बनाएर निर्वाचनमा होमिएका थिए ।

शनिबार भएको मतदानको आइतबार बिहान मतगणना सकिएको थियो । एक हजार एक सय ६५ मतदातामध्ये एक हजार एक सय ४६ मत खसेको थियो । सभापतिमा निर्वाचित शर्मा २०४५ देखि २०६१ सम्म कास्की कांग्रेसको सभापति थिए ।