- Loading...
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी
- पुनहिल डट कम
- ३ साल अघि
- ३३३ पटक पढिएको

कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले थापालाई १९९ मत अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।
राप्रपा नेता मोहन श्रेष्ठले मतगणनास्थलबाट कान्तिपुरलाई जानकारी दिए अनुसार लिङ्देनले १८१७ र थापाले १६१८ मत ल्याएका छन् । ४३१ मत बदर भएको श्रेष्ठले जानकारी दिए ।
निर्वाचन समितिले आधिकारिक मतसहित घोषणा गर्ने तयारी गरेको छ । यसैबीच, अध्यक्षमा पराजित थापाले सामाजिक सञ्जालमार्फत लिङ्देनलाई बधाई दिँदै मत परिणाम स्वीकार गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि सो पार्टीका नेता कमल थापाले पूर्वराजा ज्ञानेन्द्रलाई बधाइ दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा केहीबेरअघि एउटा स्ट्याटस लेख्दै नेता थापाले राप्रपाको महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्रले नाङ्गो हस्तक्षेप गरेको आरोप पनि लगाएका छन्।
उनले यस्तो हस्तक्षेपको भत्र्सनासमेत गरेका छन्। उनले लेखेका छन्, ‘पार्टीको आन्तरिक प्रतिष्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्र्सना गर्दछु।’

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
