- Loading...
जसको रगतमा हार छैन-निर्मल पुर्जा
- पुनहिल डट कम
- ३ साल अघि
- ५१७ पटक पढिएको

विश्वका १४ वटा अग्ला हिमचुचुरामाथि टेक्ने उनको महत्त्वाकांक्षी सातमहिने योजनालाई पछ्याउँदै अमेरिकी र बेलायती फिल्ममेकरद्वारा निर्मित ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ डकुमेन्ट्री विश्वका ३१ भाषासहित नेटफ्लिक्स (ओटीटी प्लेटफर्म) बाट सोमबार विश्वभर प्रदर्शनमा आउँदै छ ।
३८ वर्षअघि धौलागिरि हिमालको फेदीमा जन्मे, हुर्केका म्याग्दीका पुर्जाले २०७६ वैशाख १० मा अन्नपूर्ण हिमालबाट आरोहण थालेका थिए । उनको ‘प्रोजेक्ट पोसिबल’ अभियान ०७६ कात्तिक १२ मा चीनको सिसापाङ्मा हिमाल आरोहण गरेर टुंगिएको थियो । बोतल–अक्सिजनको सहायतामा १४ वटा ८ हजार मिटर अग्ला हिमाल आरोहण सात महिनामा कसरी सम्भव भयो ? धेरैपटक झन्डै मृत्युको नजिकबाट अनुभव बटुलेका अनि खर्चको चाँजोपाँजो मिलाउन नसक्दा रोएका पुर्जाबारे बनाइएको वृत्तचित्र विश्वका १ सय ९१ मुलुकका कम्तीमा २१ करोड नेटफिल्क्सका पेड–मेम्बर (सशुल्क सदस्य) माझ प्रदर्शन हुन लागेकाे हाे ।
विश्वविख्यात विदेशी आरोहीले सगरमाथासहित ८ हजार मिटर अग्ला विश्वका १४ हिमचुचुरा एकसाथ आरोहण गर्न लगाएको ८ वर्षको रेकर्डलाई ७ महिनामै तोडेर कीर्तिमान बनाएका नेपाली आरोही निर्मल पुर्जा अर्को खुसी साट्न लन्डनबाट नेपाल ओर्लिएका छन् ।
साहसिक हिमाल आरोही नेपाली पात्रलाई पछ्याउँदै अमेरिकी निर्माता टर्किल जोन्स् तथा बेलायती निर्माता जिम्मी चिन र एलिजाबेथ चाइ वासार्हेलीलगायतको टिम यो डकुमेन्ट्रीमा जोडिएका छन् । डकुमेन्ट्री मेकर जिमी र एलिजाबेथ ओस्कार पुरस्कारको स्वाद लिइसकेका हस्ती निर्माता हुन् ।
नेपाल र यहाँको हिमाली पर्यटनलाई विश्वभर चिनाउन मद्दत पुग्ने यो डकुमेन्ट्री यसअघि न्युयोर्क र लन्डनमा देखाइएको थियो । काठमाडौंमा शुक्रबार एक विशेष समारोहमा प्रिमियर गर्दै पुर्जा यसै साता अन्टार्कटिकातर्फ जाँदै छन् । प्रिमियरमा कतारी राजकुमारीदेखि काठमाडौंमा रहेका विदेशी दूतलगायत एक सय हाराहारी अतिथिलाई निम्तो दिइएको छ ।
गत वर्ष पुर्जाले ‘वियोन्ड पोसिबल’ पुस्तक ल्याएका थिए । लन्डनमा मात्रै ७० हजार हार्डकभर बिक्री भएको अंग्रेजी भाषाको पुस्तक इटालियन, स्पेनिस, रसियन, पोलिस हुँदै २० भाषामा अनुवाद हुने क्रममा छ । ‘मेरो डकुमेन्ट्री एउटा हिमाल आरोहीको ऐतिहासिक कथा हो, ७० किलोमिटर प्रतिघण्टा गतिको हुरीमा मैले गरेको आरोहणको कथा नयाँ पुस्तालाई बोलेर भन्दा फिल्ममार्फत सुनाउन डकुमेन्ट्री ल्याएको हुँ,’ बिहीबार नक्सालस्थित होटल मेरियटमा भेटिएका उनले भने, ‘यो बनाउँदै गर्दा म पाँच पटक रोएँ । सय मिनेट लामो छ । एडिट गरेको भए यो नौ भागको सिरिज बन्ने थियो ।’
बाल्यकालमा टीभी नभएको परिवारमा हुर्केका एक नेपाली युवाले हिमाल आरोहण गर्न हुँदाखाँदाको बेलायती स्पेसल फोर्सको जागिर किन छाडे, खर्च जुटाउन पत्नी सूची र अन्य परिवारजनलाई कसरी मनाए, हिमाल आरोहण गर्नुभन्दा धेरै अनुमति लिन लाग्ने सरकारी प्रक्रिया, मिडिया म्यानेजमेन्ट, प्रयोजकको खोजीलगायतका विषय डकुमेन्ट्रीका कथा हुन् ।
आरोहणका क्रममा १० भन्दा बढी विश्व कीर्तिमान कायम गरिसकेका पुर्जाले अबका दिन ८ हजार मिटर अग्ला हिमालको बाहुल्य भएको नेपालका युवासहित विश्व मानवजातिलाई प्रेरणा दिने काममा लाग्दै हिमाल आरोहणमा गाइडका रूपमा काम गरिरहने योजना रहेको सुनाए । यो योजना साकार पार्न उनले लन्डनमा इलाइट हिमालय नामको कम्पनी दर्तासमेत गरिसकेका छन् । इलाइट हिमालयको काठमाडौंमा पनि शाखा छ । उनको टिममा हालै हिउँदयाममा पहिलो पटक पाकिस्तानको हिमाल केटु आरोहण गर्ने मिग्मा डेभिड र मिग्मा तेन्जी शेर्पा साझेदार छन् । पछिल्लो समय यी तीन साझेदारको इलाइट हिमालय हिमाल आरोहण गर्नेहरूको पहिलो रोजाइमा पर्ने महँगो कम्पनी हो ।
तीन दाजुभाइका कान्छा भाइ निर्मल हाल पत्नीसँग लन्डनमा बस्दै आएका छन् । उनका प्यारालाइजका बिरामी बुबा चितवनमा बस्छन् । प्रोजेक्ट पोसिबल अभियान सकिएलगत्तै उनकी आमाको मृत्यु भएको थियो । हिमाल आरोहणमा विदेशीले उनको क्षमता देखेर ‘सुपर–ह्युमन’ भन्छन् । सकारात्मक सोच राखेमा देखेको सपना पूरा गर्न सकिन्छ भन्ने पुर्जा ‘समाजमा हाबी भएको नकारात्मकताबाट युवापुस्तालाई उद्धार गरेर उकास्न खोजिरहेका छन् । यो उनीमाथि बनाइएको डकुमेन्ट्रीको सार पनि हो । ट्रेलरमा उनले भनेका छन्, ‘हिमालमा यदि तिमीले हार मान्यौ भने तिमी मर्छौ ।’ *इकान्तिपुरबाट साभार

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
