- Loading...
संगिनी वचत तथा ऋण सहकारी संस्थाद्धारा अपाङ्गता भै अलपत्र परेकी महिलालाई सहयोग
- पुनहिल डट कम
- ३ साल अघि
- ४०१ पटक पढिएको

बेनी स्थित संगिनी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायीत्व अन्र्तगत बेनी नगरपालिका, २ बाङ्गेरा वस्ने प्यारालाइसिस भै शारिरिक अपाङ्गता भएकी विष्णु किसानलाई ५ हजार नगद सहयोग गरेको छ ।
शुक्रवार ३० औं अन्र्तराष्ट्रिय अपाङ्गता दिवसको उपलक्ष्यमा बेनी स्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित एक कार्यक्रमका विच संगिनी बचत तथा ऋण सहकारी संस्थाले उपलब्ध गराएको नगद सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा, अपाङ्ग संघका अध्यक्ष गोपाल केसीले संयुक्त रुपमा सार्कीलाई हस्तान्त्रण गरेका हुन ।
स्याङ्जा माईती घर भै मजदुरी गर्ने क्रममा म्याग्दी आएकी विष्णुको बेनपा, २ बाङ्गेरामा दोस्रो विवाह भएको थियो । मजदुरी गर्ने क्रममै विष्णुलाई प्यारालाईसिस भै अपाङ्गता भएपनि दोस्रो श्रीमानले रेखदेख र हेरविचार नगर्दा उनी थोत्रो पालमुनी अलपत्र रहेको संगिनी बचत तथा ऋण सहकारी संस्थाकी सचिव कल्पना केसीले बताईन । नागरिकता नहुँदा अपाङ्गता परिचय पत्र पाउन र सरकारले दिने भत्ता पाउन कानुनी अल्झन आएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
