FLASH NEWS
  • Loading...

भारतमा फेला पर्यो कोरोनाको ओमिक्रोन भेरियन्ट, नेपालमा सतर्कता आवश्यक

  • पुनहिल डट कम
  • २ साल अघि
  • २८१ पटक पढिएको
भारतमा फेला पर्यो कोरोनाको ओमिक्रोन भेरियन्ट, नेपालमा सतर्कता आवश्यक

छिमेकी मुलुक भारतमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनका दुई जना संक्रमित फेला परेका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अग्रवालले कर्नाटकमा दुई जना ओमिक्रोनका संक्रमित फेला परेको बताए । 
मन्त्रालयले संक्रमितहरु ६६ वर्ष र ४६ वर्षका पुरुष भएको र उनीहरुको कन्ट्याक ट्रेसिङको काम पनि भएको तथा अन्यको स्वास्थ्य परीक्षण पनि गरिएको जनाएको छ ।

सहसचिव अग्रवालका अनुसार जेनोम सिक्वेन्सिङद्वारा पत्ता लगाइएको हो । संक्रमित दुवैमा कुनै गम्भिर लक्षणहरु नदेखिएको उनले बताए ।

सबैभन्दा पहिले दक्षिण अफ्रिकामा यो भेरिएन्टको कोरोना पुष्टि भएको थियो । विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई भेरिएन्ट अफ कन्सर्न भनेर घोषणा गरेको छ ।