FLASH NEWS
  • Loading...

नयाँ भेरियन्टको जोखिमका कारण ९ देशबाट नेपाल प्रवेशमा रोक

  • पुनहिल डट कम
  • २ साल अघि
  • १२६ पटक पढिएको
नयाँ भेरियन्टको जोखिमका कारण ९ देशबाट नेपाल प्रवेशमा रोक

सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिमका कारण ९ देशबाट नेपाल प्रवेशमा रोक लगाएको छ ।

गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणी पोखरेलका अनुसार आज राती (विहिवार राती)बाटै नेपाल प्रवेशमा रोक लगाइएको हो । उनका अनुसार अध्यागमन विभाग र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यससम्बन्धी जानकारी दिइएको छ । ‘आज रातीबाट नेपाल प्रवेशमा रोक लगाइएको छ मन्त्रालयले अध्यागमन विभागलाई त्यससम्बन्धमा जानकारी गराइसकेको छ’, मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले भने ।

उनका अनुसार ओमिक्रोनको संक्रमण देखिएका हङकङ, दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक र मलावीबाट नेपाल आउन रोक लगाइएको हो । ‘यो निर्णय आज राती १२ बजेदेखि लागु हुनेछ’, प्रवक्ता पोखरेलले भने ।

यो आदेश जारी भएपछि ट्रान्जिटमा रहेका सबै यात्रुले नेपाल आएपछि आफ्नै खर्चमा अनिवार्य रुपमा ७ दिन होटल क्वारेन्टिनमा बस्नु पर्ने छ । मन्त्रालयका अनुसार यी देश बाहेकबाट नेपाल आउनेको हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड पूरा गर्नुपर्नेछ । मन्त्रालयका अनुसार संक्रमणको जोखिम भएका देशबाट नेपाल आउनेलाई अनअराइभल भिसा नदिने निर्णय गरेको छ ।