FLASH NEWS
  • Loading...

स्थानीयले सडकमा फोटो झुण्डाएपछि काममा फर्के ठेकदार

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३४ पटक पढिएको
स्थानीयले सडकमा फोटो झुण्डाएपछि काममा फर्के ठेकदार

स्थानीयवासीले समयमै काम नगर्ने निर्माण ब्यवसायीको फोटोमा कालो पोतेर सडकका चोकमा झुण्डाउन थालेपछि ठेकदारहरु लाजैले धमाधम काममा फर्कन थालेका छन ।
गत साउनमा बेनीदेखी पश्चिम दरवाङ जाने सडक कालोपत्रे गर्न ठेक्का लिएर समयमा काम नगर्ने समानन्तर कन्ट्रक्सनको लामा–समानन्तर जेभीका संञ्चालक जिपछिरिङ लामाको फोटो सडकमा झुण्डाएका थिए । स्थानीय फोटो राखेरै विरोधमा उत्रेपछि बेनी–दरवाङ सडकको सुरु खण्ड १२ं.५ किलोमिटर कालोपत्रे गर्न सम्झौता पाएको लामा–समानन्तर जेभि ८ महिनापछि वल्न काममा फर्केको हो ।
कम्पनीले ०७४ असोज ४ गते ४५ करोड ५३ लाख ७२ हजारमा ११ मिटर चौडा बनाई नालीबाहेक ७ मिटरमा कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको थियो । ठेक्काको नियमित म्याद ०७४ असोज ४ गते र चौथो पटक थप भएको म्याद पनि ०७७ चैत मसान्तमा समाप्त भएको छ ।
‘हामीले बेनी–तातोपानीसम्मको खण्डमा धमाधम रिटेनिङवाल, ग्याभिन भर्ने, नाली काट्ने, कल्र्भट बनाउने र नालीको काम गरिरहेका छौं’ ठेकदार कम्पनीका ब्यवस्थापक राकेश सदाले भने, ‘चुत्रेनी क्षेत्रमा क्रसर राती सडकमा विच्छ्याउने मेट्रियल तयारी थालेका छौं । तापक्रम बढेपछि संभवत चैतदेखी कालोपत्रे सुरु गर्छौ ।’
साविक सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको योजना ०७५ पुषमा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण भएको हो । जिल्लाका सडकको नियमन र सुपरिवेक्षण गर्ने काम पूर्वाधार विकास कार्यालयले गर्दै आएको छ । योजना नियामक पूर्वाधार विकास कार्यालय बेनीका अनुसार भौतिक असार मसान्तसम्म करिव ६० प्रतिशत मात्र भौतिक प्रगति गरेको छ ।
तर बेनी–दरवाङ सडक अन्र्तगतकै दोस्रो खण्ड लाम्पाटा–दरवाङ ८ किमी सडक कालोपत्रे गर्न ठेक्का पाएको विरुवा–क्याराभान जेभीले भने अझै काममा फर्केको छैन । २२ करोड ५७ लाख रुपैयामा ०७६ जेठ ३१ गते ठेक्का लागेको यो सडक कालोपत्रे सक्नु पर्ने म्याद गुज्रेको पनि १८ महिना पुगेको छ । गण्डकी प्रदेश मातहत रहेको यस सडकको नियमन जिम्मेवारी पाएको पूर्वाधार कार्यालयका अनुसार यस सडकमा अहिलेसम्म करिव ४० प्रतिशत मात्र काम भएको छ ।
‘निर्माण ब्यवसायीको फोटो राखेर स्थानीय विरोधमा उत्रेपछि ठेकदारलाई काममा फर्काउनु वा कारवाही गर्नु हाम्रो चुनौति थियो । धेरै प्रयासपछि अलपत्र परेका बेनी–दरवाङ सडकको पहिलो खण्ड, गलेश्वर–पिप्ले–भगवती सकड, बेनी–बगरफाँट सडकका ठेकदारलाई काममा फर्काका छौं’ पूर्वाधार कार्यालयका प्रमुख सन्तोष अर्यालले भने, ‘अझै बेनी–दोस्रो खण्डका ठेकदार फर्काउने प्रयास जारी छ । केही ठेकदारलाई पेनाल्टी तिराउने भएका छौं ।’
त्यसैगरी गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक नमुना सडक अन्र्तगत रघुगंगा गाउँपालिकाको पिप्ले–भगवती–वेगसम्मको ८ किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का लिएको एपेक्स–खड्काकृष्ण जेभि पनि छोडेर गएको ६ महिनापछि काममा फर्केको छ ।
नालीसहित ८ मिटर चौडा कालोपत्रे तहमा स्तरवृद्धि गर्न लागेको पिप्ले–भगवती–बेग सडकको एपेक्स–खड्का जेभी काठमाण्डौले भ्याट बाहेक १८ करोड ४१ लाख ८ सय ३८ रुपैयाँमा ठेक्का लिएको हो । सडकको पहिलो चेनेज अन्र्तगत गलेश्वर–बगैचासम्मको तीन किलोमिटर सडक गत वर्खाको पहिरोले क्षतविक्षत बनाएकोले गत वर्ष सम्पन्न भएको कामको वील स्वीकृत गर्ने र पहिरोग्रस्त खण्ड बाहेक सडक कालोपत्रे गर्ने गरी ठेकेदार काममा फर्केको नियामक पूर्वाधार कार्यालयले जनाएको छ ।
‘पिप्लेदेखी भगवतीसम्मको ५ किमी क्षेत्रमा सडक विस्तार, रिटेनिङवाल, नाली बनाउने समेतका काम भैरहेको छ । हामी सडकमा विच्छ्याउने वेस, सव वेस राख्ने नदीजन्य पदार्थको खोजीमा छौं’ ठेकदार कम्पनीका इन्जिनियर रामु कंडेलले भने, ‘गत वर्षदुखगरी बनाएको सवै सडक पहिरोले बगाएकोले केही काम नगरे जस्तो देखिएपनि बाँकी काम तिव्र भैरहेकाले चैत महिनासम्म पीच गर्ने योजना छ ।’