FLASH NEWS
  • Loading...

केन्द्रिय सदस्यमा रेशम बानियाँ र प्रदेश उपसभापतिमा नेत्र महत म्याग्दी काँग्रेसकाे साझा उम्मेदवार

  • पुनहिल डट कम
  • २ साल अघि
  • १२५ पटक पढिएको
केन्द्रिय सदस्यमा रेशम बानियाँ र प्रदेश उपसभापतिमा नेत्र महत म्याग्दी काँग्रेसकाे साझा उम्मेदवार

म्याग्दी काँग्रेसले यस पटक १४ औं महाधिवेशन केन्द्रीय सदस्य र गण्डकी प्रदेश समितिकाे उपसभापतिमा  साझा उम्मेदवारकाे रूपमा देउवा र पाैडेल प्यानलबाट एक एक जनालाइ अगाडी सारेकाे छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा रामचन्द्र पाैडेल प्यानलबाट केन्द्रीय सदस्यमा म्याग्दीका पूर्व जिल्ला सभापति रेशमबहादुर बानियाँले उम्मेदवारी घोषणा गरेका छन । त्यसैगरी देउवा प्यानलका म्याग्दीका संस्थापक नेत्र महतले गण्डकी प्रदेशको उप-सभापतिमा उम्मेदवारी घोषणा गरेका छन ।

म्याग्दी काँग्रेसले जुन सुकै प्यानलबाट उम्मेदवारी दिएपनि केन्द्रीय तथा क्षेत्रिय राजनितीमा जिल्लाकाे पहुँच स्थापित गर्न दुवै उम्मेदवारलाइ साझा उम्मेदवारकाे रूपमा अगाडी सारेकाे हाे । कांग्रेस म्याग्दीले सभापति खम्वीर गर्वुजाले दायाँ पाैडेल प्यानलका बानियाँलाइ र बाँया देउवा प्यानलका महताइ राखी पत्रकार सम्मेलन मार्फत नेताद्धयलाई  साझा उम्मेदवारको रुपमा घोषणा गरेकाे हाे। 

पत्रकार सम्मेलनमा सभापति गर्वुजाले छुट्टाछुट्टै निकायमा  फरक पदमा उम्मेदवारी रहेकाेले जुन प्यानलमा समेटिएका भएपनि र महाधिवेशन प्रतिनिधीले स्वविवेकिय अधिकार भएपिन जिल्लाका उम्मेदवारलाइ भने साझा नेता मानी मत राख्ने निर्णय भएकाे बताए ।