FLASH NEWS
  • Loading...

म्याग्दीको दग्नाममा स्काभेटर सहित पुरिएर चालककाे मृत्यु

  • पुनहिल डट कम
  • २ साल अघि
  • २१० पटक पढिएको
म्याग्दीको दग्नाममा स्काभेटर सहित पुरिएर चालककाे मृत्यु

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा सोमबार पहिरोले डोजर (स्काभेटर) सहित पुरिँदा चालककाे मृत्यु भएकाे छ । 

तुदी पावर कम्पनीद्धारा निर्माणाधिन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलबिद्युत आयोजनाको सडक निर्माणका क्रममा स्काभेटर सहित पहिरोमा पुरिँदा रघुगंगा गाउँपालिका–२ का अन्दाजी २७ बर्षका भिमबहादुर खत्रीकाे घट्नास्थलमै मृत्यु भएकाे  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘सडक खनिरहेको अवस्थामा एक्कासी पहिरो खसेर पुरिएको हो’ ‘प्रहरी निरीक्षक विरेन्द्र गुरूङले भने, ‘सडक निर्माणमा अपनाउनु पर्ने सुरक्षा सावधानी अध्ययन भैरहेकाे छ ।’