FLASH NEWS
  • Loading...

बेनी खानेपानी संस्था १ कराेड २२ लाखबढी ऋणमा

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३२६ पटक पढिएको
बेनी खानेपानी संस्था १ कराेड २२ लाखबढी ऋणमा

सदरमुकाम बेनीमा स्वच्छ खानेपानी पुर्याउँदै अाएकाे बेनी खानेपानी उपभाेक्ता संस्था एक कराेड २२ लाख १८ हजार ९ सय ३० रूपैयाँ ऋणमा रहेकाे देखाइएकाे छ ।

‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूल नारासहित बेनी खानेपानी उपभोक्ता संस्था म्याग्दीको बुधबार सदरमुकाम बेनीमा २२औं वार्षिक साधारणसभा कोषाध्यक्ष टंक हमालले पेश गरेकाे आर्थिक प्रतिवेदनमा संस्थाले नगर िवकास काेषलाइ अझै  एक कराेड २२ लाख १८ हजार ९ सय ३० रूपैयाँ  तिर्न बाँकी रहेकाे उल्लेख छ । संस्थाले गत अावमा १५ लाख ८२ हजार ५ सय ७४ रूपैयाँ साँवा र ७ लाख २८ हजार ६ सय २७ ब्याज तिरेकाे पनि उल्लेख छ । 

त्यसैविच संस्थाले गत अावमा बजारबासीबाट खानेपानी महसुलबाट एक करोड ७४ लाख ६८ हजार एकसय चार रुपैयाँ आम्दानी र ८८ लाख ६९ हजार चारसय ८२ रुपैयाँ खर्चगरी  ८५ लाख ९८ हजार छ सय २२ रुपैयाँ सञ्चित भएको संस्थाले जनाएको छ ।

०६३ सालमा बेनी साना शहरी खानेपानी अायाेजना अन्तर्गत तत्कालिन समयमा ४ कराेड ९६ लाख ४९ हजार ५ सय ८० रूपैयाँ लागतकाे २० प्रतिशत रकम नगर िवकास काेषाबाट बार्षिक ७ प्रतिशत ब्याजमा ऋण लिएर निर्माण गरिएकाे थियाे ।