FLASH NEWS
  • Loading...

बागलुङ कांग्रेस सभापतिमा शेरचन बिजयी

  • पुनहिल डट कम
  • २ साल अघि
  • २०४ पटक पढिएको
बागलुङ कांग्रेस सभापतिमा शेरचन बिजयी

नेपाली कांग्रेस बागलुङको सभापतिमा जीत बहादुर शेरचन विजयी भएका छन।  मंगलबार बिहान सार्वजनिक मत परिणाम अन्र्तगत जीत शेरचनले८७३ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी जगदिशचन्द्र उपाध्याले ७६८ मत ल्याएका थिए ।

शनिबार भएको मतदानमा तीन जना उम्मेदबार मध्ये कसैलेपनि ५१ प्रतिशत मत नल्याएपछि अर्का प्रत्यासी द्वर्ण कँवर निर्वाचनबाट बाहिरिएका थिए । त्यपछि शेरचन र उपाध्याबीच पुन निर्वाचन भएको थियो ।

जिल्ला उपसभापतिमा सागर छन्त्याल र तारानाथ पौडेल बिजयी भएका छन । छन्त्यालले ७८७ र पौडेलले ७४७ मत प्राप्त गरे । सचिवमा हरिहर शर्माले ९०८ मत सहित विजयी भए ।