FLASH NEWS
  • Loading...

म्याग्दीकाे बेगमा जीप दुर्घटनाहुँदा एक जनाको मृत्यु, चार जना घाईते

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०५ पटक पढिएको
म्याग्दीकाे बेगमा जीप दुर्घटनाहुँदा एक जनाको मृत्यु, चार जना घाईते

सदरमुकाम बेनीबाट गाउँ फर्कदै गरेको निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्बरको बोलेरो जीप रघुगंगा गाउँपालिका, १ बेगको घाप्पा भन्ने स्थानमा दुर्घटनाग्स्त हुँदा सवार एक यात्रुको घट्नास्थलमा मृत्यु भएको छ । 
रेडक्रस बेग उपशाखा सविच खिमबहादुर फगामीका अनुसार साेमबार दिउँसाे अन्दाजी ४.३० बजे दुर्घटनामा परि रघुगंगा गापा, १ बेगका खिमनाथ शर्माको घट्ना स्थलमा मृत्यु भएको हो । दुर्घटनामा परि अन्य चार जना घाईते छ । जीप सडकदखी तल जंगलमा खसेकोले अन्य यात्रुको खोजी भैरहेको छ । घाइतेकाे थप पहिचान खुलेकाे छैन । प्रहरी घट्नास्थल पुगेकाे छ ।
‘एक जनाको घट्नास्थलमै मृत्यु भएको छ । चार जना घाईतेको उद्धारकालागी बेनीबाट रेडक्रसको एम्बुलेन्स झिकाएका छौं । जीपमा ८ जना यात्रु चढेको भन्ने खवर अनुसार दुर्घटनास्थलमा अन्य यात्रुको खोजी भैरहेको छ’ रेडक्रस रघुगंगा गापा, १ बेग उपशाखाका सचिव खिमबहादुर फगामीले भने, ‘उकालो सडकबाट जीप भिरालो जंगलमा खसेको छ । घाईतेलाई सरदमुकाम पठाउने र स्थानीयको सहयोगमा अन्य सवार यात्रु खोजी भैरहेको छ ।’