FLASH NEWS
  • Loading...

एमालेको नयाँ नेतृत्व छान्न आज राति ९ बजेदेखि मतदान

  • पुनहिल डट कम
  • २ साल अघि
  • १७० पटक पढिएको
एमालेको नयाँ नेतृत्व छान्न आज राति ९ बजेदेखि मतदान

नेकपा (एमाले) को नयाँ नेतृत्वका लागि सोमबार राति ९ बजेदेखि मतदान हुने भएको छ। चितवनमा जारी दशौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रका क्रममा नयाँ नेतृत्वका लागि मतदानको समय निश्चित गरिएको हो।

एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान राति ९ बजेदेखि १४ गते बिहान १ बजेसम्म हुनेछ। निर्वाचन आयोगले प्रकाशित गरेको सूचनामा मतदान सम्पन्न भएपश्चात १४ गते नै मतगणना गरिने, सोही दिन निर्वाचन परिणाम घोषणा, प्रमाणपत्र वितरण र शपथ ग्रहणको कार्यक्रम रहेको छ। भाेटिङ मेशिन प्रयाेग गरिने भएकाेले मतदान र गणना छिटाे छरिताे हुने छ ।

यसअघि आज अपरान्ह ४ बजेसम्म नाम फिर्ताको लागि समय दिइएको थियो । एमालेमा केपी ओलीविरुद्ध अध्यक्षमा भीम रावलले चुनौति दिएका छन् भने ओलीले चयन गरेको नामावलीविरुद्ध घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदावारी दिएका छन्। अध्यक्षमा २, उपाध्यक्षमा ७ र सचिवमा ९ जनाको उम्मेदवारी परेको छ।