FLASH NEWS
  • Loading...

अपडेट : बेग जीप दुर्घटनामा ३ जनाको मृत्यु, ५ जना घाईते

  • पुनहिल डट कम
  • २ साल अघि
  • १२२ पटक पढिएको
अपडेट : बेग जीप दुर्घटनामा ३ जनाको मृत्यु, ५ जना घाईते

सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका, १ बेग गाउँ जाँदै गरेको निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्बरको बोलेरो जीप सोही गापा, १ घाप्पा भन्ने स्थानमा दुर्घटनाग्रस्त हुँदा सवार खिमनाथ शर्मा, वडासदस्य गौमायाँ विक, खिम पुन र जीपधनी समेत रहेका चालक दुतबहादुर थापगरी चार जनाको मृत्यु भएको छ । दुतबहादुर थापा, खिमनाथ र खिम पुनका घट्नास्थलमा र गाैमयाँकाे उपचारकालागी अस्पताल पुर्याउने क्रममा मृत्यु भएकाे हाे ।


घट्नामा गाडीधनी समेत रहेका मनोज पुन, भीम फगामी, बलबहादुर विक र एक जना नाम नखुलेका यात्रु घाईते छन । घाईतेहरुको सदरमुकाम स्थित बेनी अस्पतालमा उपचार भैरहेको छ । 


स्थानीय मिलन पुनका अनुसार उकालो सडकको साँघुरो घुम्तीमा वोलेरो जीपले टर्निङ लिन नसक्दा सडकदेखी अन्दाजी ५० मिटरतल जंगल भएको खोल्सामा खसेको थियो ।