FLASH NEWS
  • Loading...

मंसिर १७ देखि पालिका मुकामबाट मतदाता नामावली संकलन हुँदै

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २१५ पटक पढिएको
मंसिर १७ देखि पालिका मुकामबाट मतदाता नामावली संकलन हुँदै

जिल्ला निर्वाचन कार्यालय म्याग्दीले बेनी नगरपालिका बाहेक सवै पालिकामा टाेली पठाएर मतदाता नामावली संकलन गनेर् भएकाे छ । कार्यालयले मंसिर १७ गतेदेखी २६ गतेसम्म १० दिन अन्नपूर्ण, मालिका र धवलागिरी गापा केन्द्रमा टाेली रहेर पालिकाभरीका छुटेका र उमेर पुगेका मतदाताकाे नामावली संकलन गर्ने छ ।

त्यसैगरी रघुगंगा र मंगला गापामा मंसिर २९ देखी १० दिन त्यसरी नै टाेली रहेर मतदाता नामावली संकलन गर्ने कार्यालयले जनाएकाे छ । बेनी नपामा भने कार्यालय र प्रशासन कार्यालयबाट अध्यावधी गरिने छ । 

जिल्ला निर्बाचन अधिकारी भिम प्रसाद घिमिरेका अनुसार मतदाता नामावली संकलन गर्न पालिकामा खटिने टाेली पालिका मुकाम बाहेक अन्य वस्तीमा भने पुग्ने छैनन । मतदाता अाफै परिचय र याेग्यता खुल्ने प्रमाण लिएर टाेली समक्ष पुग्नु पर्ने छ ।

अाइतवार बेनीमा निर्वाचन कार्यालय म्याग्दीले मतदाता नामावली संकलन अभियान बारे जानकारी दिन अायाेजना गरेकाे जानकारीमुलक कार्यक्रममा धवलागिरी, अन्नपुर्ण गापाका प्रमुख प्रशासकीय अधिकृत गाेपाल शर्मा र सुरणप्रसाद शर्मा समेत सहभागीले पालिका केन्द्रमा मात्र बस्दा दुर्गमका मतदाता नामावली दर्ता गराउन छुट्ने भएकाेले पालिकाकै खर्चमा भएपनि वस्ती सम्म टाेली खटाउन अाग्रह गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि रहेका जिल्ला न्यायाधिस तेजनारायण पाैडेलले भने ‘भाेट चाहिने पनि दललाइ हाे, त्यसैले दलहरूले मतदाता खाेजेर मतदाता नामावलीमा समावेश गराउने पहिलाे दायीत्व पनि दलले लिनु पर्छ,’ पाैडेलले थपे, ‘मतदान गर्ने याेग्यता नागरिकता हाेइन, मतदाता नामावली र मतदाता परिचय पत्र हाे । अाफ्ना मतदाता खाेज्ने याे दललाइ अवसर पनि हाे । कर्मचारीलाइ भन्दाबढी चासाे दलले नै लिन अावश्यक छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल