- Loading...
ओलीको आत्मविश्वास र महाधिवेशनमा एमालेको शक्ति प्रदर्शन
- पुनहिल डट कम
- ३ साल अघि
- १८१ पटक पढिएको

पूर्वनिर्धारित कार्यतालिका अनुसार नेकपा एमालेको दशौं महाधिवेशन आज (शुक्रबार) देखि चितवनमा सुरु भएको छ।
शुक्रबार खुलासत्रको कार्यक्रम सकिएको छ भने शनिबारदेखि बन्दसत्रको कार्यक्रम सुरु हुनेछ।
चितवनस्थित नारायणी नदी किनारमा बनाइएको विशालमञ्चबाट महाधिवेशनलाई सम्बोधन गर्दै आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने र सरकार बनाउने दाबी गरे।
त्यो भन्दा अगाडि एमालेले चितवनका विभिन्न स्थानबाट निकालेको जुलुस देख्दा लाग्थ्यो एमाले विभाजित छैन। ठूलो र फरक ठाउँमा चितवनमा महाधिवेशन गर्दा पनि चितवनको मुख्य भाग अस्तव्यस्त भएको थियो। तुलनात्मक रुपमा चुस्त व्यवस्थापन भएपनि व्यापक जनसहभागिताका कारण सहरका विभिन्न भाग अस्तव्यस्त बन्न पुगेका थिए।
विशेष गरी ओलीको भाषण सुन्न नेतादेखि कार्यकर्ता र सर्वसारधरण उत्सुक देखिन्थे। आठ जना वक्तापछि महाधिवेशनलाई सम्वोधन गरेका ओलीले विगतमा आफूले गरेको कामको श्रेय लिने कोशिस गरे भने गर्न बाँकी रहेका काम आगामी निर्वाचनपछि बुहमत प्राप्त गरेर सरकार बनाएपछि पूरा गर्ने जिकिर गरे।
ओलीको भाषण सुन्दा आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने र सरकार गठन गर्नेमा उनी ढुक्क जस्तै देखिन्थे। ओलीले आगामी स्थानीय तहको निर्वाचनबाटै ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्ने दाबी गरे। यो क्रम निरन्तर प्रतिनिधिसभा सदस्य निर्वाचनसम्म जारी रहने उनको भनाइ थियो। ओलीले एमालेलाई नभइ देशको विकास गर्न बहुमत आवश्यक रहेको जिकिर गरे।
‘एमालेलाई होइन, देश विकास गर्न बहुमत दिनुस्,’ नारायणी नदी किनारमा उभिएर ओलीले भने, ‘एमाले देश र लोकतन्त्र संस्थागत गर्न आवश्यक छ।’ ओलीले जनादेशबाट प्राप्त अधिकारको रक्षाका लागि पनि एमाले चाहिने दाबी गरे।
‘देशलाई एकजुट बनाएर समस्या समाधानका लागि अघि बढ्ने काम अब एमालेबाट हुन्छ। परमादेशबाट सरकार फेरिने असंवैधानिक कुरामा नजाउँ जनताका बीचमा जाउँ भनेका थियौं, अरु कतिपय दल डराए हामी गयौं। चुनावहरू आउँदैछ म भन्न चाहन्छु हामी अब चुनावको तयारी तर्फ जाँदैछौं जनमताको तयारीमा छौं। एकल बहुमत ल्याउनुपर्छ एमालेका लागि होइन देश बनाउन एकल बहुमत चाहिएको छ,’ ओलीले भने।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
