FLASH NEWS
  • Loading...

७ स्थानबाट एमालेको जुलुस, उदघाटनस्थलमा भेला हुने क्रम जारी

  • पुनहिल डट कम
  • २ साल अघि
  • ७७ पटक पढिएको
७ स्थानबाट एमालेको जुलुस, उदघाटनस्थलमा भेला हुने क्रम जारी

नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनको आज शुक्रबार मध्यान्ह नारायणगढ नारायणी नदी किनारमा उद्घाटन हुँदैछ । उद्घाटनअघि विभिन्न ठाउँबाट र्‍याली निस्किन थालेको छ  ।

चितवन एमाले अध्यक्ष पार्वती रावलका अनुसार भरतपुरका सात ठाउँमा नेता कार्यकता भेला हुने छन् । त्यसपछि मुख्य तीन ठाउँबाट र्‍याली निस्कने छ । पूर्वी क्षेत्रका लागि भरतपुरको केन्द्रीय बसपार्कबाट र्‍याली निस्कने छ । पश्चिम क्षेत्रका लागि नवलपुर गैंडाकोटमा भेला भएर र्‍याली अगाडि बढ्ने छ । त्यसैगरी मुग्लिन तर्फबाट आउनेहरुका लागि आँपटारीमा भेला भएर र्‍याली अगाडि बढेर उद्घाटन स्थलमा आउनेछ ।

भरतपुरका अन्य मुख्य चोकहरुबाट निस्कने र्‍याली बसपार्कबाट आउने र्‍यालीमा मिसिँदै अगाडि बढ्ने अध्यक्ष रावलले जानकारी दिइन् ।एमालेले उद्घाटन समारोहमा पाँच लाखलाई सहभागी गराउने दाबी गर्दै आएको छ । महाधिवेशन उद्घाटनका लागि नारायणी नदीको किनारलाई आमसभास्थल तय गरेर भव्य मञ्च निर्माण गरेको छ ।