FLASH NEWS
  • Loading...

महिला टी–ट्वान्टी विश्वकप छनोट : नेपालको लगातार दोस्रो जित

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३१ पटक पढिएको
महिला टी–ट्वान्टी विश्वकप छनोट : नेपालको लगातार दोस्रो जित

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले दोस्रो जित हात पारेको छ ।

दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा बिहीबार कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको हो ।

आइसिसी क्रिकेट एकेडेमीमा कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले तीन दशमलब तीन ओभरमा केवल एक विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा ईन्दु बर्माले १३ रन बनाउँदा कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन् ।

कुवेतकी मारिया जस्वीले एक विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ दशमलब ४ ओभरमा अलआउट हुँदै जम्मा २७ रन जोडेको थियो । कुवेतकी लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोडिन भने अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

कुवेतलाई सस्तैमा समेट्न सङ्गीता राई र कप्तान रुविना क्षेत्रीले समान तीन–तीन विकेट लिए भने करुणा भण्डारी र सरस्वती कुमारी चौधरीले एक–एक विकेट लिइन् ।

यस जितसँगै नेपालले ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ । नेपालले सोमबार भएको पहिलो खेलमा हङकङसँग ६ विकेटको हार बेहोरेको थियो । तर नेपालले मङ्गलबार आफ्नो दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो ।

छनोटमा लगातार दुई खेलमा जित निकालेसँगै नेपालले युएईसँग समान अङ्क चार जोडेको छ । अब, नेपालले छनोटको चौथो खेल आगामी शुक्रबार मलेसियासँग खेल्नेछ भने अन्तिम खेलमा आगामी आइतबार युएईको सामना गर्ने छ । ६ टिम सहभागी छनोटको विजेताले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।