- Loading...
प्रचण्डसँग पार्टी एकता संभव छैन– विप्लव
- पुनहिल डट कम
- ३ साल अघि
- १७८ पटक पढिएको

नेकपा महाँसचिव नेत्रविक्रम चन्दले माओवादी केन्द्र र प्रचण्डसँग पार्टी एकता हुन लागेको कुरा आत्मरतीमा रमाउन खोज्नेले चलाएको हल्ला मात्र भएको बताएका छन ।
‘पार्टी एकता भनेको नेताहरुको टाउको जोडिने मात्र होईन, जनताको सपना, चाहना र मनको मिलन हुनु हो । कसैको पार्टी ठूलो बनाउन, सरकारमा पुऱ्याउन, सरकार बनाउन र सुखभोग गराउन पार्टी एकता संभवन छैन’ मगर मुक्तिमोर्चाको चौंथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न बुधवार बेनी आएका विप्लवले भने, ‘हामी पार्टी एकताको पक्षमा छौं । प्रचण्डजी तपाई जनयुद्धको कमाण्डर हुनु भो, अध्यक्ष हुनु भो, प्रधानमन्त्री बन्नु भो, सवै भोग्नु भो कतै सफल बन्नु भएन । अव हाम्रो पार्टीमा आउनुस मिलेर काम गरौं ।’
‘प्रधानमन्त्री समेत सर्वोच्च अदालतल बनाएपछि ब्यवस्थापिकाको, दुई तिहाईको बहुमतको सरकार टिकाउन समेत नसकेपछि कार्यपालिकाको र सर्वोच्च अदालतमा भैरहेको आन्दोलनले सेटिङ, आर्थिक लाभको आधारमा फैसला हुने खुलासा न्यायाधिसहरुले नै पुष्टी गरेपछि न्यायपालिका असफल सिद्ध भए । ब्यवस्थापिका, कार्यपालिका र न्यायापालिका तीनै अङ्गहरु असफल भएसँगै संसदीय ब्यवस्थाको औचित्य समाप्त भयो’ महासचिव विप्लवले थपे, ‘जनताको मतमा विश्वास नभएपछि संसदीय दलका नेताहरु समानुपातिको बाटोबाट पैसा असुल गर्ने धन्दामा छन । जनमत संग्रहबाट डराएका छन । प्रत्यक्ष निर्वाचनबाट जनमत संग्रहको विकल्पको पनि प्रयोग गरौं ।’
नेता विप्लवले ०४६ सालको जनआन्दोलनबाट प्राप्त बहुदलिय ब्यवस्थाले जनताको चाहना पुरा गर्न नसकेपछि जनयुद्ध जन्म्यो । जनयुद्धले पुरै देशको ८० प्रतिशत भुगोलमा आफ्नै जनसत्ता स्थापना गरेको थियो । त्यो जनसत्तालाई प्रचण्ड–बाबुरामले धुलोमा मिसाए । नष्ट गरे । कुनै नेताको अनुहार हेरेर जनयुक्तमा नलागेकै कारण श्रमजिवीको जनसत्ता पुर्नप्राप्ती गर्न ०७१ मंसिर ८ जने पार्टी पुर्नगठन गरेको पनि बताए ।
एमसिसि समेत वैदेशिक हस्तक्षेप थेग्न नसक्ने हो भने नेपालमा गृहयुद्ध सन्निकट रहेको बताउँदै महासचिव विप्लवले प्रश्न गरे, ‘हेलिकोप्टरमा देशदेशावरको दर्शनमा डुल्नेहरुले कालापानीमा जनगणना गर्न गणकलाई हेलिकोप्टरमा पुऱ्याउन किन सक्दैन ? जयसिं धामीलाई जिउँदै खोलामा बगाउँदा नेपालको सरकार किन बोल्न सक्दैन ?’
उनै विप्लवको नेतृत्वमा ०६० साल चैत ७ गते राती बेनीमा तत्कालिन माओवादीले शसस्त्र आक्रमण गरेको थियो । ‘५ हजार शसस्त्र माओवादी योद्धाहरु ६ दिन लामो हिँडाई पछि बेनी आक्रमणमा सरिक भएका थियौं । यहाँको दुई नदीमा माओवादीको रगत मिसिएको छ, डाँडामा रगत भिजेको छ र जंगल माओवादीका रगतले सिंचित भएको छ’ विप्लवले बेनी आक्रमणलाई स्मरण गर्दै भने, ‘जनयुद्धले स्थापित जनसत्ता प्राप्तीकालागी संघर्ष थालेका छौं । हामीमाथी दमन भए पनी मर्न/मार्न तयार छौं ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
