FLASH NEWS
  • Loading...

म्याग्दी क्याम्पसमा अव शिक्षाशास्त्र तर्फ विज्ञान र कम्प्युटर तथा सूचना प्रविधी विषयको अध्यापन हुने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २३६ पटक पढिएको
म्याग्दी क्याम्पसमा अव शिक्षाशास्त्र तर्फ विज्ञान र कम्प्युटर तथा सूचना प्रविधी विषयको अध्यापन हुने

जिल्लाको अग्रीणी शैक्षिक संस्था म्याग्दी बहुमुखी क्याम्पसले आगामी सत्रदेखी स्नातक तह शिक्षा शास्त्र तर्फ विज्ञान र कम्प्युटर तथा सूचना प्रविधी विषयको अध्ययन/अध्यापन सुरु गर्ने भएको छ ।
जिल्लाका सामुदायीक तथा संस्थागत विद्यालयले विज्ञान, गणीत र कम्प्युटर विषय अध्यापन गराउने शिक्षक नपाउने समस्याको समाधानकालागी जिल्लामै जनशक्ति उत्पादन गर्न म्याग्दी क्याम्पसले त्रिभुवन विश्व विद्यालय अन्र्तगत शिक्षा शास्त्र तर्फ विज्ञान र कम्प्युटर तथा सूचना प्रविधी विषयको अध्ययन/अध्यापन सुरु गर्न अग्रसरता लिएको हो । त्यसैगरी क्याम्पसले शिक्षा शास्त्र संकायमा स्नाकोत्तर तह पनि संञ्चालन गर्न त्रिविमा आवेदन गर्ने निर्णय गरेको छ ।
म्याग्दी क्याम्पसले बुधवार जिल्ला समन्वय समितिको सभाहलमा सरोकारवालाविच आयोजित अन्र्तक्रिया कार्यक्रममा स्थानीय तहबाट जिल्लामै स्नातक तहमा विज्ञान र कम्प्युटर विषय अध्यापन सुरु गर्न आर्थिक श्रोत जुटाउन सामुदायीक एक्यवद्धता पनि जनाएका छन ।


‘म्याग्दीमा मात्र होईन, बाग्लुङ पर्वतमा पनि विज्ञान विषयमा स्नातक तहको अध्यापन हुँदैन । जिल्लाका विद्यालयमा विज्ञान विषयका शिक्षकको अति धेरै माग भएपनि उत्पादन शुन्य रहेकोले म्याग्दी क्याम्पसले स्थानीय विद्यालयको माग सम्बोधन गर्न शिक्षा शास्त्र संकाय अन्र्तगत विज्ञान र कम्प्युटर तथा सूचना प्रविधी विषय अध्यापन सुरु गर्ने तयारीमा छ’ म्याग्दी क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष वालकृष्ण सुवेदीले भने, ‘क्यूएए प्राप्त म्याग्दी क्याम्पसमा विज्ञान र क्म्प्युटर तथा सूचना प्रविधी विषय संञ्चालन गर्न त्रिवि पनि पोजेटिभ छ । स्थानीय तहबाट पनि आर्थिक श्रोत ब्यवस्थापनमा प्रतिवद्धता प्राप्त गरेका छौं ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल