- Loading...
जबसम्म तपाईं एक्लै बस्नुहुन्न, केही पनि जान्नुहुन्न
- पुनहिल डट कम
- ३ साल अघि
- ७४२ पटक पढिएको

यति तपाईं एक्लै हुँदा पनि दिक्क मान्नुहुन्छ भने, अवश्य नै तपाईं खराब सङ्गतमा हुनुहुन्छ ! दिन बित्दै जाँदा, तपाईं दुःखी महसुस गर्नुहुन्छ भने, तपाईं एकदमै खराब सङ्गतमा हुनुहुन्छ ।
मेरा हात-खुट्टाहरू ठीकै छन्, म देख्न सक्छु, सुन्न सक्छु, सुँघ्न सक्छु, चाख्न सक्छु, फेरि मेरो समस्या के हो ?” हो, यो तपाईंलाई तबमात्र थाहा हुन्छ, जब तपाईं एक्लै बस्नुहुन्छ । जब तपाईंको सेरोफेरोमा मानिसहरू हुन्छन्, तपाईं बहानाहरू भेट्टाउनु हुन्छ । तर, जब तपाईं एक्लै बस्नुहुन्छ, अनि तबपनि समस्या जहीँको त्यहीँ रहन्छ भने, अब तपाईंलाई यो समस्याको जड के हो भनेर थाहा हुन्छ ।
मानिसहरू गल्फलाई सबैभन्दा कठिन र असम्भव खेल ठान्छन्, किनकि उनीहरू बललाई हान्न खोज्दा खेरि प्रायः भुइँमा हिर्काउँछन् । यदि अरू खेल हेर्नुभयो भने, ती खेलमा बल तपाईंतर्फ आइरहेको हुन्छ । फरक-फरक वेगहरूमा, फरक-फरक कोणहरूमा अनि फरक-फरक तरिकाहरूले घुम्दै बल तपाईंतिर आइरहेको हुन्छ अनि तपाईंले एक पलमै अनुमान लगाएर त्यसलाई हिर्काउनु पर्ने हुन्छ ।
यता गल्फमा भने बल त्यहीँ थुचुक्क बसिरहेको हुन्छ ! तपाईंसँग समय नै समय हुन्छ । घरी यसरी घरी त्यसरी गर्दै भिन्न-भिन्न स्थितिमा तपाईं सोच्न , उभिन सक्नुहुन्छ, त्यो बल जहीँको त्यहीँ हुन्छ ! यति हुँदा समेत थुप्रै मानिसहरू बलको सट्टा भुईंमा हिर्काउँछन् ।
एक्लै बस्नु भनेको पनि ठीक त्यस्तै हो । तपाईंले न त पहाड चढ्नु पर्ने हो, न गीत गाउनु पर्ने हो, न त विशाल समस्या समाधान गर्नुपर्ने हो— तपाईंले गर्नुपर्ने भनेको यत्तिकै बस्नु हो । वास्तवमा यही ध्यान हो । आफैँ हेर्नुहोस् यत्तिकै एक्लै बस्दा तपाईंलाई कति धेरै कठिनाइ भइरहेको छ !
जबसम्म तपाईं एक्लै बस्नुहुन्न, तपाईंले केही पनि जान्नुहुन्न । अरू मानिसहरूसँग रहँदा तपाईं थुप्रै कुराहरू लुकाउन सक्नुहुन्छ । तर, जब तपाईं एक्लै बस्नुहुन्छ, तपाईंले आफ्नो बुद्धिको परीक्षामा खरो उत्रिनुपर्ने हुन्छ, जुन सबैभन्दा भयानक हुन्छ । तपाईं त्यसबाट पन्छिन सक्नुहुन्न ।
सबैभन्दा उत्तम यही हुन्छ कि तपाईं आफ्नो जीवनमा जतिसक्दो चाँडो सम्भव भएसम्मको कठोर र कठिन परिस्थितिबाट गुज्रिनुहोस् । अन्यथा, तपाईंको उमेर ढल्किँदै जाँदा तपाईं झन् मूर्ख बन्दै जानुहुनेछ । जवान छँदा मूर्ख हुनु ठीकै हो, तर मूर्ख रहरै बूढो हुनुहुँदैन । जवान मूर्खलाई वैंसकाे वाहना छ, तर उमेर छिप्पिएका अनुभवी मूर्खका निम्ति कुनै बहाना चल्ने छैन !
–सदगुरुको प्रवचनमा आधारित

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
