FLASH NEWS
  • Loading...

जबसम्म तपाईं एक्लै बस्नुहुन्न, केही पनि जान्नुहुन्न

  • पुनहिल डट कम
  • २ साल अघि
  • ५०९ पटक पढिएको
जबसम्म तपाईं एक्लै बस्नुहुन्न, केही पनि जान्नुहुन्न

यति तपाईं एक्लै हुँदा पनि दिक्क मान्नुहुन्छ भने, अवश्य नै तपाईं खराब सङ्गतमा हुनुहुन्छ ! दिन बित्दै जाँदा, तपाईं दुःखी महसुस गर्नुहुन्छ भने, तपाईं एकदमै खराब सङ्गतमा हुनुहुन्छ ।

मेरा हात-खुट्टाहरू ठीकै छन्, म देख्न सक्छु, सुन्न सक्छु, सुँघ्न सक्छु, चाख्न सक्छु, फेरि मेरो समस्या के हो ?” हो,  यो तपाईंलाई तबमात्र थाहा हुन्छ, जब तपाईं एक्लै बस्नुहुन्छ । जब तपाईंको सेरोफेरोमा मानिसहरू हुन्छन्, तपाईं बहानाहरू भेट्टाउनु हुन्छ । तर, जब तपाईं एक्लै बस्नुहुन्छ, अनि तबपनि समस्या जहीँको त्यहीँ रहन्छ भने, अब तपाईंलाई यो समस्याको जड के हो भनेर थाहा हुन्छ ।

मानिसहरू गल्फलाई सबैभन्दा कठिन र असम्भव खेल ठान्छन्, किनकि उनीहरू बललाई हान्न खोज्दा खेरि प्रायः भुइँमा हिर्काउँछन् । यदि  अरू खेल हेर्नुभयो भने, ती खेलमा बल तपाईंतर्फ आइरहेको हुन्छ । फरक-फरक वेगहरूमा, फरक-फरक कोणहरूमा अनि फरक-फरक तरिकाहरूले घुम्दै बल तपाईंतिर आइरहेको हुन्छ अनि तपाईंले एक पलमै अनुमान लगाएर त्यसलाई हिर्काउनु पर्ने हुन्छ ।

यता गल्फमा भने बल त्यहीँ थुचुक्क बसिरहेको हुन्छ ! तपाईंसँग समय नै समय हुन्छ । घरी यसरी घरी त्यसरी गर्दै भिन्न-भिन्न स्थितिमा तपाईं सोच्न , उभिन सक्नुहुन्छ, त्यो बल जहीँको त्यहीँ हुन्छ ! यति हुँदा समेत थुप्रै मानिसहरू बलको सट्टा भुईंमा हिर्काउँछन् ।

एक्लै बस्नु भनेको पनि ठीक त्यस्तै हो । तपाईंले न त पहाड चढ्नु पर्ने हो, न गीत गाउनु पर्ने हो, न त विशाल समस्या समाधान गर्नुपर्ने हो— तपाईंले गर्नुपर्ने भनेको यत्तिकै बस्नु हो । वास्तवमा यही ध्यान हो । आफैँ हेर्नुहोस् यत्तिकै एक्लै बस्दा तपाईंलाई कति धेरै कठिनाइ भइरहेको छ !

जबसम्म तपाईं एक्लै बस्नुहुन्न, तपाईंले केही पनि जान्नुहुन्न । अरू मानिसहरूसँग रहँदा तपाईं थुप्रै कुराहरू लुकाउन सक्नुहुन्छ । तर, जब तपाईं एक्लै बस्नुहुन्छ, तपाईंले आफ्नो बुद्धिको परीक्षामा खरो उत्रिनुपर्ने हुन्छ, जुन सबैभन्दा भयानक हुन्छ । तपाईं त्यसबाट पन्छिन सक्नुहुन्न ।

सबैभन्दा उत्तम यही हुन्छ कि तपाईं आफ्नो जीवनमा जतिसक्दो चाँडो सम्भव भएसम्मको कठोर र कठिन परिस्थितिबाट गुज्रिनुहोस् । अन्यथा, तपाईंको उमेर ढल्किँदै जाँदा तपाईं झन् मूर्ख बन्दै जानुहुनेछ । जवान छँदा मूर्ख हुनु ठीकै हो, तर मूर्ख रहरै बूढो हुनुहुँदैन । जवान मूर्खलाई वैंसकाे वाहना छ, तर उमेर छिप्पिएका अनुभवी मूर्खका निम्ति कुनै बहाना चल्ने छैन !

सदगुरुको प्रवचनमा आधारित