FLASH NEWS
  • Loading...

कोरोनाबाट गलेश्वर जेष्ठनागरिक अाश्रम बस्ने दुवै डोज खोप लगाएकी बृद्धको मृत्यु

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २६६ पटक पढिएको
कोरोनाबाट गलेश्वर जेष्ठनागरिक अाश्रम बस्ने दुवै डोज खोप लगाएकी बृद्धको मृत्यु

कोरोना विरुद्धको कोभिसिल्ड दुवै डोज खोप लगाएकी एक बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
रघुगंगा गाउँपालिका, ३ स्थार्इं घर भै बेनी नगरपालिका, ६ गलेश्वर स्थित गलेश्वर शिवालय मन्दीर अन्र्तगतको जेष्ठ नागरिक आरोग्य आश्रममा रहेकी ६१ बर्षिया यामकली शर्माको कोरोना संक्रमण भै मृत्यु भएको हो ।

कात्तिक २६ गते उपचारकालागी बेनी अस्पताल आएकी शर्माको बेनी अस्पतालमा पिसिआर परिक्षण गर्ने स्वास्थ्यकर्मी नभएपछि पोखरा स्थित मणीपाल शिक्षण अस्पताल रिफर गरेको थियो । कात्तिक २७ गते मणीपालले पिसिआर परिक्षण गर्दा बृद्धामा कोरोना संक्रमण देखिएपछि भर्ना गरी उपचार गरेको थियो । तर बृद्धामा संक्रमण जटिल भै भेन्टीलेटरमा राखेर उपचार गर्नु पर्ने भएपछि अस्पतालले डिस्चार्ज गरी एम्बुलेन्समा राखेर पठाएको थियो । बृद्धको गलेश्वर स्थित बृद्धाश्रम फर्काउने क्रममा आईतवार साँझ बाटोमै मृत्यु भएको रेडक्रसले जनाएको छ ।

‘गलेश्वर बृद्धाश्रममा रहेकी एक बृद्धाको कोरोनासंक्रमणबाट मृत्यु भएकोले रेडक्रसले सोमबार शव ब्यवस्थापन गरेर फर्कियौं’ नेपाल रेडक्रसका शव ब्यवस्थापन संयोजक सुरत केसीले भने, ‘जिल्लामै कोरोना परिक्षण गर्न नमुना संकलन गर्ने निकाय नपाएर पोखरा पुगेकी बृद्धाको अस्पतालमा संक्रमणले झन च्यापेर भेन्टीलेटरमा राखी उपचार गर्नु पर्नेमा उपचार खर्च गर्ने निकाय फेला नपरेपछि अस्पतालले डिस्चार्ज गरिदिएछ । बृद्धाश्रम फर्काउनेक्रममा बृद्धको बाटोमै मृत्यु भएको रहेछ ।’
बृद्धाश्रममा बस्ने बृद्धाको कोरोनाबाट मृत्यु भएपछि कोरोना विरुद्धको दुवै डोज खोप लगाएपछि कोरोना सर्दैन भनी ढुक्क रहेका बृद्धाश्रममा बस्ने बृद्धबृद्धा त्रसित भएका छन । आश्रमकी बृद्धाको कोरोनाबाट मृत्युभएपछि गलेश्वरधाम क्षेत्र विकास कोषको आग्रहमा बेनी नगरपालिकाले कन्ट्याक ट्रेसिङमा परेका आश्रममा करिव एक सय जना बृद्धबृद्धाको सोमबार पिसिआर परिक्षणकालागी नमुना संकलन गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले आश्रममा बस्ने अन्य कोही पनि बृद्धबृद्धामा कोरोनाको लक्षण नदेखिएको बताएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल