FLASH NEWS
  • Loading...

मंसिर २१ देखि २५ सम्म म्याग्दी जेसिज कप फुटवल हुने

  • पुनहिल डट कम
  • २ साल अघि
  • १४६ पटक पढिएको
मंसिर २१ देखि २५ सम्म म्याग्दी जेसिज कप फुटवल हुने

आगामी मंसिर २१ देखि २५ गते सम्म बेनीको खुल्ला मञ्चमा १९ औँ संस्करण अन्तर माध्यामिक विध्यालय स्तरीय जेसिजकप फुटवल प्रतियोगीता संचालन हुने भएको छ ।

‘खेलाडिको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसिजकप फुटवल’ भन्ने मूल नाराका साथ प्रतियोगीतामा बिजेता बिद्यालयलाई रनिङ्ग ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद रु ५२ हजार २ सय २२ रुपैयाँ र उपविजेता बिद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु ३२ हजार २ सय २२ रुपैयाँ पुरस्कारको ब्यबस्था गरिएको म्याग्दी जेसिजका अध्यक्ष विरेन्द्र श्रेष्ठले बताए । 

प्रतियोगीतामा (उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गाेलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, राइजिङ प्लेयर, उत्कृष्ट प्रशिक्षक)लाइ  नगद रु ७७७७ पुरस्कारको ब्यबस्था गरिएको छ ।

सन २००१ बाट सुरु भएको जेसिजकप फुटवल प्रतियोगीता गत वर्ष कोभिड १९ का कारण स्थगित भएकाे थियाे । प्रतियाेगिताकाे मुख्य प्रायाेजककाे रूपमा स्व. सन्ताेष श्रेष्ठ स्मृती अक्षय काेष रहेकाे छ ।