मानवअधिकार तथा शान्ति समाजको १९औं साधारणसभा तथा ११औं अधिवेशन, सभापतिमा गौतम चयन

६ मंसिर २०७८, सोमबार २१:२३ मा प्रकाशित (1 हप्ता अघि)
पुनहिल संवाददाता

मानवअधिकार तथा शान्ति समाज म्याग्दीको सोमबार सदरमुकाम बेनीमा सम्पन्न ११औं जिल्ला अधिवेशनबाट सन्तोष गौतम अध्यक्ष निर्वाचित भएका छन ।

अधिवेशनले शाखाको उपसभापतिमा हरिप्रसाद पौडेल, सचिवमा मुकुन्दप्रसाद आचार्य, कोषाध्यक्षमा विष्णुप्रसाद आचार्य, सहसचिवमा विष्णु गौतम सापकोटा र  सदस्यहरुमा क्रमशलः नवराज रिजाल, सकुन्तला सापकोटा पौडेल, विनोद श्रेष्ठ, विज्ञान सुवेदी, हरि गिरी र सन्तोष ढुङ्गाना रहेका छन।

अधिवेशनकाे साेमबार एक कार्यक्रमविच मानवअधिकार तथा शान्ति समाज नेपालका केन्द्रीय महासचिव रामकृष्ण बरालले बेनीमा उद्ङाटन गरेका थिए ।