FLASH NEWS
  • Loading...

काँग्रेस महाधिवेशन : पर्वत ‘क’ मा क्षेत्री र ‘ख’ मा गुरुङ विजयी

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३७७ पटक पढिएको
काँग्रेस महाधिवेशन : पर्वत ‘क’ मा क्षेत्री र ‘ख’ मा गुरुङ विजयी

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा दुवै प्रदेश सभा क्षेत्रतर्फको अधिवेशन पूरा भएको छ ।
प्रदेश सभा क्षेत्र ‘क’ र क्षेत्र ‘ख’ दुवैका का लागि शनिवार मतदान भएकोमा क्षेत्र ‘क’ तर्फको घोषणा आइतबार मध्यान्ह भएको छ भने क्षेत्र ‘ख’ तर्फको शनिवार राती अबेर गरी घोषणा भएको थियो ।

मत परिणाम अनुसार क्षेत्र ‘क’ तर्फको सभापति पदमा राजकुमार क्षेत्री विजयी बनेका छन् । उनले कृष्ण बहादुर खत्री के.सी लाई पराजित गरेका हुन् । सभापतिमा निर्वाचित भएका क्षेत्री हाल कुश्मा नगरपालिका–८ वडाध्यक्ष हुन् । क्षेत्रीको पक्षमा तीन सय ३० प्राप्त हुँदा के.सी लाई दुई सय ८७ मत आएका छन् । यस्तै उपसभापतिमा जीत बहादुर पुन र दुर्गादेवी शर्मा विजयी भएका छन् । उपसभापतिमा भीष्म मल्ल र मनीषा नेपालीको समेत उम्मेदवारी रहेको भए पनि उनीहरू भने पराजित भएका छन् । सचिवमा तीन जनाको उम्मेदवारी रहेकोमा केशव प्रसाद उपाध्याय र बल बहादुर पुर्जा पुन विजयी भएका छन् भने दामोदर पौडेल (दीपक) पराजित भएका छन् । यस्तै सहसचिवमा टेक नारायण आचार्य र दया सुवेदीले दामोदर आचार्य र शिवराज शर्मालाई पराजित गरेका छन् ।

यसै गरी प्रतिनिधितर्फ ईश्वरी पाठक, चित्रकला भारती, तुप्ला कुमारी शाक्य, अर्जुन प्रसाद सुवेदी, कालीभक्त शर्मा, महेश कुमार शर्मा, रमेश पौडेल, सागर गिरी, सुरेन्द्र के.सी, हेमराज सापकोटा, भगवती पौडेल, टङ्क प्रसाद शर्मा सुवेदी, तेजराज बास्तोला, कुल बहादुर पुन, मञ्जु बि.क, निर्मल विश्वकर्मा र उमादेवी कुमाल निर्वाचित भएका मतदान अधिकृत कृष्ण प्रसाद शर्माले बताए ।

क्षेत्र ‘ख’ मा भएको निर्वाचनबाट सभापति पदमा परविन गुरुङ विजयी भएका छन् । उनले प्रतिस्पर्धी हरि न्यौपानेलाई पराजित गरेका हुन्। गुरुङको पक्षमा तीन सय ११ मत परे भने न्यौपानेको पक्षमा दुई सय ३३ मत परे ।
यस्तै उपसभापतिमा लक्ष्मीकुमारी शर्मा र गङ्गाप्रसाद भुसाल निर्वाचित भएका छन् भने नरबहादुर राना र रामबहादुर रेग्मी पराजित भएका छन् । सचिवमा छविलाल तिवारी र ठाकुर रसाइली विजयी बन्दा पूर्ण कुमार श्रेष्ठ र रुक्मांगत सापकोटाले हार बेहोरेका छन् । उपसचिवमा निर्मला कुमारी शर्मा र युवराज भुसालले तारानाथ सापकोटा र हरिराम रेग्मीलाई पराजित गरेका छन् ।

क्षेत्र ‘ख’ तर्फबाट प्रतिनिधिका रूपमा गिरीराज गौतम, एकनारायण न्यौपाने, आनन्दप्रसाद भुसाल, शैलेन्द्र शर्मा गौडेल, राजेन्द्र कुमार श्रेष्ठ, यज्ञ बहादुर थापा, किरणराज तिवारी, मेघमाया गुरुङ, जानकी प्रधान, रिता राना थापा, एकनारायण भुसाल, खिनु प्रसाद आचार्य, यम बहादुर परियार (शिव), टोप बहादुर गुरुङ र तालप्रसाद शर्मा विजयी भएका छन् ।ढोरपाटनबाट 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल