- Loading...
फ्याँकिएका मास्क वातावरणलागी अभिसाप बन्दै
- पुनहिल डट कम
- ३ साल अघि
- २१४ पटक पढिएको

विश्वमा कोरोना कहरले पिरोलेको दुई वर्ष बित्न लाग्यो । अझै पनि यसले विश्व आक्रान्त छ । खोपको आबिष्कार भएपनि सबै नागरिकले खोप पाइसकेको अवस्था छैन । त्यसो त सामाजिक दुरी र मास्कको पहिरन नै कोरोनाबाट बच्ने अचुक उपाय बनेको छ ।
यद्यपि, मास्कको उपयोगिता र यसले वातावरणमा पार्ने दुरगामी प्रभावबारे भने हामी अनभिज्ञ छौँ । त्यही कोरोनाको भुमरीले आज विश्वमा मास्क अनिवार्य पहिरन बनेको छ । कोरोनाबाट बच्न यसलाई हामीले प्रयोग गर्छौँ । तर, यसको उचित व्यवस्थापनमा ध्यान नदिँदा वातावरण, जल तथा भूमिमा प्रत्यक्ष ठूलो हानी हुने लगभग पक्का छ ।
त्यसैले यसभन्दा अघि हामीले मास्क के बाट बन्छ भन्ने कुरा बुझ्न जरुरी छ । प्राय : सबै प्रकारका डिस्पोजेवल मास्क पोलिप्रोपेलिन प्लास्टिकबाट बन्छ । एउटा आलेख अनुसार कोरोनाको प्रकोप पश्चात हरेक एक मिनेटमा विश्वमा करिब ३० लाख थान मास्क फालिन्छन् । मास्क माटोमा बिलय नहुने भएकाले ठूला मात्रामा जमिनको उर्बरतामा ह्रास आउने निश्चित छ । जमिनको मात्र नभई जलका जीव पनि यसबाट निकै प्रभावित हुन्छन् । खोला–नाला,ताल–तलैयामा हुने मास्क बिसर्जनबाट पानी नै विषाक्त भई अर्को महामारी नआउला भन्न सकिन्न ।
यसैपनि मास्कको उचित बिसर्जन नभए सात दिनसम्म कोरोनाका भाइरस रहने तथ्य हामीले सुन्दै आएका छौं । यदि मास्ककाे उचित व्यवस्थापन भएन भने वातावरणीय दुर्घटना हुन सक्छ । किनभने मास्क आफैमा एउटा सुक्ष्म स्वरुपको प्लास्टिक फाइबर (माइक्रो साइज्ड प्लास्टिक )बाट बनेको हुन्छ । जसको थिक्नेस १ देखि १० माइक्रोमिटर हुन्छ । जब वातावरणमा यो फालिन्छ त्यसपछि यो अझै सानो रुपमा विभाजित हुन्छ । हरेक मिनेट ३० लाख मास्क वातावरणमा फ्याकिँरहेको अवस्थामा यसको असर कति होला आफैं अनुमान लगाउन सकिन्छ ।
त्यसैले नेपाल जस्तो देशमा चेतनाको स्तर बाटोमा फालिएको फोहोरबाटै आँकलन गरिन्छ । त्यसैले फोहोर व्यवस्थापनका लागि राज्यबाटै प्राथमिकतामा नराखिएको जस्तो लाग्ने तर,करौडौं रुपियाँ खर्च हुने देशमा हामी पनि पर्छौँ । जस्तोसुकै स्तर वा अवस्था भएपनि प्लास्टिकका मास्कलाई जथाभावी फालेर भोलिका पुस्तालाई अभिसाप सिर्जना गर्नु पनि उचित हुँदैन । तसर्थ केहि गर्न सकिने उपाय रोज्नु अनिवार्य हुन्छ ।
उपाय के त ?
जहाँ चुनौति त्यहाँ समाधानका उपाय पनि सँगसँगै आउँछन् । त्यसैले डिस्पोजेवल मास्कले वातावरणीय प्रणालीमा पार्ने नकारात्मक असरका बारेमा मानवजाती समयमै सजग बने भने भोलिका दिनमा यसबाट हुनसक्ने नकारात्मक असरबाट बच्न/बचाउन सकिन्छ । त्यसैले यहाँ तिनै उपायहरुलाई प्रस्तुत गरिएको छ :
- सकेसम्म पुनः प्रयोग गर्न मिल्ने कपडा को मास्कको प्रयोग गर्ने ।
- डिस्पोजेवल मास्कलाई सकेसम्म छुट्टै बिनमा जम्मा गर्ने ।
- राज्यले धेरै भन्दा धेरै मास्क कलेक्सन बिन को व्यवस्थापन गर्ने ।
- कानूनी कडाई तथा सचेतनाको कार्य गर्ने ।
- स्कुल, कलेजमा अनिवार्य मास्क कलेक्सन बिन अनि मास्क इन्सिनेटर को प्रयोग गर्ने ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
