FLASH NEWS
  • Loading...

पर्वत कांग्रेसकाे अधिवेशन आगामी मंसीर ६ गते हुँदै

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८१ पटक पढिएको
पर्वत कांग्रेसकाे अधिवेशन आगामी मंसीर ६ गते हुँदै

नेपाली कांग्रेसको आगामी मंसिर ६ गते हुने जिल्ला अधिवेशनको तयारी शुरु भएको छ । पर्वत कांग्रेसले आगामी मंसीर ६ गते जिल्ला अधिवेशन सम्पन्न गर्नेछ । अधिवेशनका लागि वडा तहबाट क्षेत्रीय प्रतिनिधिहरु चयन भइसकेका छन् ।

झण्डै १२ सय प्रतिनिधिहरुले जिल्ला अधिवेशनमा भाग लिदैछन् । क्षेत्रीय प्रतिनिधिहरुले पालिका, प्रदेश स्तरीय क्षेत्र तथा जिल्लाको अधिवेशनमा भाग लिन पाउने कांग्रेसको विधानमा उल्लेख छ । मंसीर ६ गते हुने जिल्ला अधिवेशनको लागि भने कांग्रेस भित्र नेतृत्वलाई लिएर रस्साकस्सी शुरु भएको छ ।

कांग्रेस भित्र संस्थापन समूह देउवा पक्ष र रामचन्द्र पौडेल पक्ष गरी दुई समूह सक्रिय छन् । यस अघि साविकको संस्थापन कोइराला समूहको बर्चश्व रहेको पर्वतमा पछिल्लो महाधिवेशनमा पूर्व सांसद अर्जुन जोशीले खेमा परिर्वतन गरी देउवा समूहमा लागे पछि पर्वतमा देउवा समूह बलियो बनेको छ ।

साविक कोइराला समूहका अधिकांश नेताहरु पौडेल समूहमा नलागि देउवा समूहमा लागेका छन् । तर, पछिल्लो राजनैतिक घटनाक्रम हेर्दा देउवा समूह नै दुई समूहमा बाँडिएका छन् । विगत लामो समय देखि दुई राजनैतिक समूहमा बसेर अन्तर संघर्ष गर्दै आइरहेका पूर्व सांसद जोशी र कांग्रेसका पूर्व जिल्ला सभापति नवराज गुरुङ दुवैले अहिले दुईवटा समूह निर्माण गरेका छन् ।

आगामी जिल्ला निर्वाचनमा देउवा समूह दुई भागमा विभक्त भएर जाँदा त्यसको फाइदा भने पौडेल समूहले लिनसक्ने देखिन्छ । जिल्ला अधिवेशनका लागि कोषाध्यक्ष यामबहादुर मल्ललाई जिल्ला सभापतिको रुपमा अघि सार्ने तयारी गरेको देखिन्छ । अर्को तर्फ पैयू गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले समेत दावी प्रस्तुत गरीरहेका छन् ।

उता, जोशी समूहले भने सभापति पदको उमेदवार टुंगो लगाएको छैन् । जोशी पक्षले भने वर्तमान सभापति खिमप्रसाद भुषाल, महाधिवेशन प्रतिनिधि गंगाधर तिवारी र कांग्रेस नेता युवराज जोशी मध्ये एक जनालाई सभापतिको रुपमा अघि सार्ने सम्भावना रहेको कांग्रेस निकट श्रोत बताउँछ ।

पौडेल समूहमा भने स्पष्ट रुपमा सभापतिको उमेदवारी सार्वजनिक भएको छैन् । पौडेल समूह भने अहिले पर्ख र हेर को रणनीतिमा अघि बढेको देखिन्छ । पौडेल समूहका नेताहरु रामचन्द जोशी, दुर्गाबहादुर खत्री, लालकाजी गुरुङ, बसन्त बहादुर सिके र ऋषीकेश तिवारीले देउवा पक्षकै एक उमेदवारलाई समर्थन गर्ने या आफ्नो समूहको छुट्टै उमेदवार तयार गर्ने भन्ने निर्णयमा नपुगेको कांग्रेस श्रोत बताउँछ ।

देउवा समूह भित्र जोशी पक्षमा खिमप्रसाद भुषाल, गंगाधर तिवारी, युवराज जोशी, डा. चुडामणी शर्मा, शिव सुवेदी, राजेन्द्र तिवारी, विद्धान गुरुङ, शिव अधिकारी, अशोक उचै ठकुरी, मुना भुषाल लगाएतका नेताहरु देखिएका छन् ।

उता, देउवा भित्रकै गुरुङ समूह भित्र भने यामबहादुर मल्ल, राधाकुमारी क्षेत्री, विश्व प्रकाश प्रसाई, खगेन्द्र तिवारी लगाएतका नेताहरु रहेको कांग्रेस श्रोत बताउँछ । अन्तिम अवस्थासम्म पनि देउवा पक्षका सवै नेताहरु एकै ठाउँमा रहनसक्ने अवस्था भने देखिएको छैन् ।