FLASH NEWS
  • Loading...

म्याग्दी काँग्रेसका नवनिर्वाचित पदाधिकारीले गरे पद तथा गोपनियताको सपथ

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २५६ पटक पढिएको
म्याग्दी काँग्रेसका नवनिर्वाचित पदाधिकारीले गरे पद तथा गोपनियताको सपथ

नेपाली काँग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला समितिका पदाधिकारी एवं सदस्यहरु र महाधिवेशन प्रतिनिधीहरुले शनिवार दिउँसो पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन ।
जिल्ला समन्वय समितिको सभाहलमा निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरु तथा महाधिवेशन प्रतिनिधीहरुलाई निर्वाचित प्रमाण पत्र हस्तान्त्रण गरे लगत्तै सपथ ग्रहण कार्यक्रम गरिएको थियो । सातौं जिल्ला अधिवेशनबाट जिल्लामा खम्बीर पक्ष बहुमतसहित विजयी भएको छ ।
उपसभापतिमा देउवा सुमहका केवी भण्डारी र हरीकुमार श्रेष्ठ भए । सभापति पदमा यस अघि नै देउवा समुहका खम्वीर गर्वुजा निर्विरोध भएका थिए । सचिव पदमा देउवा समुहका भरत रकाल र हिरा पुन विजयी भए । सहसविचमा ध्रुवराज कार्की र श्रीराम पौडेल विजयी भएका छन ।

गमबहादुर फगामी, मनरुपा पुन, चमु पुन, युगकुमारी सेन, पुस्कर पुन, रामदेवी पुन, काजीमान रोका, लक्ष्मीकुमारी केसी, सम्बरबहादुर थापा, तुलसीदेवी पुर्जा, ललिता तिलिजा, पूर्ण बहादुर तिलिजा, वीलबहादुर फगामी, सम्झना परियार, बालकुमार लामिछाने, अमृतमान शेरचन रहेका छन ।

‘प्रजातान्त्रिक अभ्यास गर्दा नेतृत्वमा आउन नसकेका नेतालाई सम्मानगर्दै छिटो कुनै न कुनै जिम्मेवारीमा ल्याउने छु’ निर्वाचित भएपछि पद तथा गोपानीएकोको सपथ ग्रहण कार्यक्रममा प्रतिवद्धता मन्तब्य राख्दै नवनिर्वाचित खम्वीर गर्वुजाले भने, ‘आगामी स्थानीय, प्रदेश र संघिय चुनावमा काँग्रेसलाई विजय गराउनु मेरो मुख्य जिम्मेवारी मानेको छु । पार्टीलाई एक ढिक्का बनाउन लाग्छु ।’
त्यसैगरी महाँधिवेशन प्रतिनिधीमा देउवा समुहका चिरिन्जीवी शर्मा, जीवनकुमार मल्ल, धनवहादुर छन्त्याल, नेत्रबहादुर महत, मुकुन छन्त्याल, विपिन खड्का, शिव केसी, खिमकुमारी पुर्जा, देवीकुमारी बुढा, धनकुमारी थापा, ओमकुमारी पुन, भीमबहादुर रोका, श्रीप्रसाद रोका, यामबहादुर हर्मेल, पुनमकुमारी मगर, मनकुमारी विक, सुरेन्द्र खत्री निर्वाचित भए ।
त्यस्तै महाधिवेशन प्रतिनिधीमा देउवा पक्षका रेशम बानियाँ, विक्रम बोगटी, विमला गौचन, बमबहादुर पुन, अन्जीत खान र दिपेन्द्र श्रेष्ठ चयन भएका छन । देउवा पक्षले महाधिवेशन प्रतिनिधीहरु छनौटमा मात्र होईन, जिल्ला कार्यसमिति सदस्यहरुमा पनि दुई तिहाई बहुमत पुऱ्याएको छ । निर्वाचित अधिकांश सदस्य नयाँ अनुहारका छन ।
यस अघि सवै ६ वटा पालिका समेत प्रदेश समिति ‘क’बाट ओम छन्त्याल र ‘ख’ बाट टंक पुन देउवा समुहले सर्वसम्मत निर्वाचित भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल