Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

गण्डकी प्रदेशमा हलुका वर्षाको सम्भावना, जाडो बढ्ने, वायु प्रदूषण हानिकारक

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३१७ पटक पढिएको
गण्डकी प्रदेशमा हलुका वर्षाको सम्भावना, जाडो बढ्ने, वायु प्रदूषण हानिकारक

विज्ञहरूले नेपालमा वायु प्रदूषण बढ्दै गएको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन्।

बंगालको खाडी र पश्चिम अरेबियाली सागरमा उत्पन्न भएको जलवायु प्रणालीले भारतका केही शहरमा भीषण वर्षा हुने र त्यसको प्रभाव नेपालमा समेत देखिन सक्नेतर्फ उनीहरूले सचेत गराएका हुन्।

वायु प्रदूषण सूचक (एक्युआई) बेनीमा १ सय २० मापन भएको छ। वातावरण विभागका अनुसार स्वास्थ्यका लागि शून्यदेखि ५० सम्मको एक्युआई राम्रो, ५० देखि १ सयसम्म सामान्य र १ सयभन्दा माथिको तहलाई स्वास्थ्यका लागि हानिकारक मानिन्छ।

यसैबीच अरब सागरमा बनेको निम्नचापीय क्षेत्रको आंशिक प्रभावले देशका केही भेगमा आज राति हलुका पानी पर्नुका साथै हिमाली भेगमा हिमपात हुने भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, लुम्बिनी र गण्डकी प्रदेशका १/२ स्थानमा हलुका वर्षाको सम्भावना छ।

यस्तै बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हलुकादेखि मध्यम र बाँकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका १/२ स्थानमा हलुका हिमपातको सम्भावना रहेको मौसमविद निराजन सापकोटाले जानकारी दिए।

उनका अनुसार अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा अन्य प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। भोलि पनि देशका केही भेगमा हलुका पानी पर्नुका साथै उच्चहिमाली भेगमा हिमपात हुने सम्भावना रहेको मौसमविद सापकोटाले बताए।

अरब सागरमा विकसित प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा बदली भइ चिसो बढ्ने महाशाखाले जनाएको छ। यस्तै तुँवालो पनि लाग्न थालेकोले दृश्य दुरीमा समेत कमी आउन सक्ने भएकाले सडक तथा हवाई यातायात क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल