मुस्ताङ्गी जाडो छल्न बेंशी झरे, गणक घरदैलोमा पुग्दै

१ मंसिर २०७८, बुधबार ११:४५ मा प्रकाशित (2 हप्ता अघि)
पुनहिल संवाददाता

चिसो बढेपछि मुस्ताङ्गवासी मध्य कात्तिकदेखी नै जाडो छल्न बेंशीका झर्र्न थालेका छन । मुस्ताङ्गको उपल्लो भेगका प्राय: घरमा कुरुवा वाहेक सवै वेंसी झरिसकेका छन ।
त्यसैविच राष्ट्रिय जनगणना अन्र्तगत गणकहरु कात्तिक २५ गतेदेखी मंसिर ९ गतेसम्म घरदैलोमा जाँदैछन । कुरुवा वाहेक उपल्लो मुस्ताङ्गवासी अधिकांश जाडो छल्न वेंशी झरेकोले जनगणनामा संख्या बाहेक अन्य पूर्ण विवरण लिन समस्या भएको छ । जाडो यामको चार महिना वेंशीमा घुम्ती ब्यापार पर्ने गर्ने भएकोले अधिकांश मुस्ताङ्गी शारिरिक र मानसिक रुपमा सवल जनशक्ति हुन । घरमा सामान्यतया बुढापाका, अशक्त रहने भएकोले जनगणना गर्दा आंशिक विवरणमा भने प्रभावित भएको हो ।
‘जाडो बढेकोले ६० प्रतिसत उपल्लो भेगका मुस्ताङ्गवासी वेंसीका सहरमा झरेका छन । घरमा कम्तीमा एक जना कुरुवा वस्ने भएकोले जनगणनामा तथ्याङ्क लिन समस्या हुँदैन’ आफै हाल राजधानीमा रहेका लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष राजु विष्टले भने, ‘जनगणना प्रभावित नहोस भनेरै मेरो गापाका सवै ५ वडामा स्थानीय गणक परिचालन गरिएको छ । थोरै जनसंख्या भएकोले टेलिफोनबाटै पनि सवै विवरण लिन सकिन्छ । राष्ट्रिय जनगणनामा कोही नछुटोस भनेर म आफै दैनिक गणकसंग अपडेटमा बसेको छु ।’
जनगणनाको मुल गणना असोज महिनामै सुपरभाईजर घरदैलो पुगेर सुचिकरण गरिसकेको र जाडो छल्न पोखरा, काठमाण्डौ झरेका घुम्ती विद्यालयमा जनगणनाकालागी छुट्टै गणक खटाईएको र स्थानीय गणक परिचालन गरिएकोले ब्यक्तीगत विवरण संकलनमा आंशिक प्रभाव पर्ने बाहेक मुल गणनामा प्रभाव नपर्ने जनगणना कार्यालय मुस्ताङले जनाएको छ ।
यस पटक जनगणनाकालागी गणक तथा सुपरभाईजर पदमा अनलाईनबाट दरखास्त दिन पाईने ब्यवस्था अनुसार मुस्ताङको उपल्लो भेगमा पनि काठमाण्डौ समेत सहरबाट गणक मुस्ताङ खटिएका छन । बाहिरी जिल्लाबाट आएका गणककालागी फरक भाषा, संस्कृति र कठिन भुगोल रहेको चिसो मुस्ताङमा घरदैलोगरी जनगणना गर्न हम्मे परेको छ ।
‘जाडो छल्न सवै वस्ती छोडेर सहर झरेपछि गणनामा धेरथोर अप्ठ्यारो त पऱ्यो नै, युवा र काम गर्न सक्ने घरमा नहुँदा घरका बुढापाकाले सवै सदस्यका ब्यक्तिगत विवरणमा आंशिक प्रभाव हुने नै भयो’ जिल्ला जनगणना कार्यालयका प्रमुख राजन पहाडीले भने, ‘असोजमै सुचिकरण गरिसकिएकोले उपल्लो मुस्ताङमा खटि आएका बाहिरी जिल्लाका गणकलाई तल्लो क्षेत्रमा परिचालन गरी माथिल्लो क्षेत्रमा स्थानीय गणक खटाएर, पोखरा, काठमाण्डौ झरेका घुम्ती विद्यालय र गुम्बामा छुट्टै गणक परिचालन पनि गरेका छौं । घुम्ती ब्यापारमा गएका कतिपयको त टेलिफोनबाटै पनि विवरण भराएका छौं ।’
मुस्ताङ्गका लोमन्थाङ्ग, लोघेकर–दामोदरकुण्ड र वाह्गुङ–मुक्तिक्षेत्र गाउँपालिकाबाट बढीमात्रामा जाडो छल्न बेंशी छर्ने गर्छन् । मोटरबाटोको पहुँचले मुस्ताङ्गको जनजिवनमा ब्यापक फेरवदल आएपनि जाडो छल्न बेंशी झर्नुको विकल्प भने टरेको छैन । स्थानीय मात्र होईन उपल्लो भेगमा रहेका सरकारी कर्मचारी र कार्यालयहरु पनि मध्य कात्तिकबाट जिल्लाकै तल्लो क्षेत्रमा स्थानन्त्रण गरिएको छ । उपल्लो भेगका विद्यालयहरु पनि पोखरामा घुम्ती विद्यालयका रुपमा संञ्चालन गरिएको छ । जाडो महिनाका चार महिना मध्य कात्तिकदेखी मध्य फागुनसम्म मुस्ताङ्गका विद्यालय बन्द गरी पोखरामा अस्थाई रुपमा चलाउने गरिन्छ ।